४ पालिकाका न्यायीक समिती संयोजकद्धारा मंगलसेन नगरपालिकामा अवलोकन (फोटो फिचर)

Samajik Bal biwaha
Mangalsen Mun Anurodh

अछाम जिल्लाका ४ पालिकाका न्यायिक समिती संयोजकले सदरमुकाम मंगलसेनमा रहेको मंगलसेन नगरपालिकाको न्यायिक समितीबाट प्रदान भएका सेवा र नयाँ स्थापित नमुना न्याय ईजलासको अवलोकन गर्नु भएको छ । आगामि दिनमा सदरमुकामको पालिकाले प्रदान गर्ने न्यायिक सेवा नमुना ईजलासको ४ पालिकाका न्यायिक समिती संयोजकले अवलोकन गर्नु भएको हो ।
अवलोकनमा पंचदेवल विनायक नगरपालिका न्यायिक समिती संयोजक अम्बिका चलाउने, कमलबजार नगरपालिकाका भुमिसरण ढकाल बजगाई, रामारोशन गाउँपालिकाका सरस्वती रावल र तुर्माखाद गाउपालिकाका न्यायिक समिति संयोजक अमृता बुढाले अवलोकन गर्नु भएको थियो ।

अवलोकन पछी सम्बन्धीत पालिकाका संयोजकले आफ्नो पालिकामा नमुना न्यायिक ईजलास स्थापना गर्न नसकिए पनी न्यायिक समितीबाट प्रदान हुने सेवा नियमीत प्रवाह भईरहेको बताउनु भएको थियो ।
मंगलसेन नगरपालिकाको तर्फबाट न्यायिक समिती संयोजक सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी र उजुरी प्रशासक नरेश बहादुर कठायतले अवलोकनमा आएका संयोजकलाई नगरको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.