रेडक्रस उपशाखा कमलबजारको सभापतिमा पुुनः ढकाल

Kirci Gyan Kendra

सुवास अधिकारीः

Samajik New Add 2082
Saud Agro Kailash

गत माघ २९ गते सम्पन्न नेपाल रेडक्रस सोसाईटी उपशाखा कमलबजारको साधारण सभाबाट नयाँ नेतृृत्व चयन हुुन सकेको थिएन् । शभापति लगायतका अन्य पदमा आकांक्षी बढि देखिए पछि चयन हुन नसकेको नेतृत्व शुक्रबार चयन भएको हो ।

साधारण शभा पश्चात निर्वाचन पक्रिया मार्फत नेतृृत्व चयन लागी फाल्गुुण ७ गतेको मिति तोकिएको थियो । तर निर्वाचन हुन नपाउँदै सहमतिमा नेतृत्व चयन भएको जनाईएको छ । सहमतिबाट पुुनः गोविन्द ढकालकै सभापतीत्वमा नयाँ नेतृृत्व चयन भएको छ । जसको उपसभापतिमा निर्मल बिष्ट, सचिब खडक बहादुुर बिष्ट, सहसचिब मन बहादुुर चलाउने, कोषाध्यक्ष प्रेम बहादुुर देउबा, सह कोषाध्यक्ष जानकी रावल (रावत) लगायतका पदाधीकारी रहनुभएको छ । जम्मा ११ सदस्यिय कार्य समिती रहेकोमा अन्य ५ जना सदस्य रहेका छन् ।

नयाँ नेतृत्व घोषणा सभामा कमलबजार नगरपालिका प्रमुुख ओम प्रकाश बिष्ट, उप प्रमुुख भुुमिसरण ढकाल बजगाई, नेकपा एमाले नगर कमिटी अध्यक्ष खेमराज जैशी, मुुख्य निर्वाचन अधिकृृत धुुर्व कुुमार शाही, सहायक निर्वाचन अधिकृृत टेक बहादुुर शाही, रेडक्रस जिल्ला सदस्य कम्मान सिंह चलाउने, कमलबजार नगरपालिका स्थित प्रशासन शाखा प्रमुुख पूूर्ण प्रसाद बजगाई लगायतको उपस्थिती रहेको नव निर्वाचित शभापति ढकालले जानकारी दिनुुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.