संचार माध्यामले निष्पक्ष भुमिका खेल्नुपर्नेः नगर प्रमुख बोहरा

जिल्लाको समग्र बिकासका लागि संञ्चार माध्यामको समेत भुमिका महत्त्वपूर्ण: प्रजिअ मरासेनी

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले संचार माध्यामले निष्पक्ष भुमीका खेल्नुपर्ने बताउनुु भएको छ । देशको हरेक परिवर्तनमा संञ्चार माध्यामले जहीले पनी भुमिका खेल्दै आएकाले दायित्वबाट पछी नहटन आग्रह गर्नु भयो ।

Samajik New Add 2082

मंगल मिडिया नेटवर्क प्रालिद्धारा संञ्चालित मंगलखबर डटकमको मंगलसेनमा कार्यालय उदघाटनमा प्रमुुख अतिथीको आशनबाट बोल्दै नगरप्रमुख बोहराले सही, सत्य र तथ्य सुचना नागरिकले पाउने आशा जहीले पनी गर्न भएकाले त्यसतर्फ बढी जोड दिन आग्रह गर्नु भयो ।

Mellekh RM1

प्रजातन्त्र दिवसको अवसरमा नयाँ अभियानको सुुरुवात मंगलखबर डटकले गरेकाले निरन्तर प्रगतीको शुुभकामना समेत व्यक्त गर्नु भयो ।
मंगल मिडिया नेटवर्कका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले प्रजातन्त्र तथा निर्वाचन दिवसको दिन मंगलखबर डटकम नयाँ आयाम साथ आएकाले सफलताको शुुभकामना ब्यक्त गर्नु भयो ।

जिल्लाको समग्र विकासका लागि संञ्चार माध्यामको समेत भुमिका हुने भएकाले हरेक संञ्चारकर्मिलाई सकारात्मक सूचना सम्प्रेषण गर्न आग्रह गर्नु भयो । समाज परिवर्तन, विकास निर्माणका कार्यले फडको मार्नका लागी समेत संञ्चार माध्यामले सहयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथी नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले तंथ्यमा टेकेर, सत्यमा लेखेर, भरपर्दो तथा विश्वासिलो सुचनाको माध्याम संञ्चार माध्याम बन्नुपर्नेमा जोड दिनु भयो । आगामी दिनमा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाउदै सफलताको शुुभकामना ब्यक्त गर्नु भयो ।

Saud Agro Kailash

नेपाली काग्रेसका पुर्व पार्टी सभापति एव महासमिति सदस्य पुस्प बहादुर शाहले स्वतन्त्र र तथ्यपरक पत्रकारीताले जहीलेपनी सफलता हासिल गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटीले समाजमा लुकेर रहेका घटनालाई खोज पत्रकारीताको माध्यामबाट बाहीर ल्याउनुु पर्ने बताउनु भयो । नयाँ नयाँ प्रविधी प्रयोगमा आईरहेकाले डिजिटल पत्रिकाको युुग आगामी दिनमा सफल बन्दै जाने बताउनु भयो ।

नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव नयन बहादुर सोडारीले समाजका विकृती, विसंगती विरुद्ध संञ्चार माध्यामले आवाज उठाउनुपर्नेमा जोड दिनुु भएको थियो । एमाले अछामका सचिव भीम बहादुर रावल कालोटोपीले समाजमा रहेका घटित विभिन्न खालका घटनाहरुलाई सही सुचना मार्फत सम्प्रेषण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा अछामका प्रहरी प्रमुुख डिएसपी रविराज थपलिया, मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, अन्तरपार्टी महिला संजाल अछामका अध्यक्ष बिन्दु रावल, मंगलसेन नगरपालिकाका सुचना अधिकारी विष्णुु प्रसाद जैसीले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।

उदघाटन कार्यक्रममा आस्था नेपालका जिल्ला कार्यक्रम प्रबन्धक रुपक चन्द, समाजसेवी रमेश बहादुर रावल, ब्याबसायी गोपाल बोगटी लगाएतका अतिथी रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुुख बोहराले रिवन काटेर कार्यालयको उदघाटन गर्नु भएको थियो भने औपचारिको कार्यक्रमको संञ्चालन कार्यकारी सम्पादक कमल रावलले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.