बयालपाटामा प्रथम जिल्ला स्तरिय गोजुरियो प्रतियोगिता सम्पन्न
भवानी ढुंगाना, बयालपाटाः
प्रथम जिल्ला स्तरिय गोजुरियो कराँते प्रतियोगिता बयालपाटामा सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा मदन स्मृति क्लब बयलपाटाले प्रतियोगिता आयोजना गरेको हो ।

स्वास्थ का लागि खेल्कुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रजातन्त्र दिवस तथा मदन मोहन स्वार को सम्झनामा आयोजितप्रतियोगितामा बिभिन्न उमेर समूहमा प्रतिष्प्रधा गराईएको थियो । १० वटा उमेर समूह (६ वर्ष देखी १६ वर्ष सम्म) का खेलाडिहरुविच प्रतिष्प्रधा गराईएकोमा महिला र पुरुष गरि ६० जना विजेतालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम, दृतिय र तृतिय हुने प्रतियोगी लाई मेडल तथा प्रमाणपत्र बितरण गरियको आयोजकको भनाई छ ।
क्लब का अध्यक्ष लोचन मोहन स्वारको अध्यक्षतामा भएको प्रतियोगितामासाफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । प्रतियोगितामा बिशिस्ट अतिथी साफेबगर नगरपालिकाका प्रमुख प्रशासन अधिकृत लक्ष्मी प्रसाद शर्मा रहनु भएको थियो ।
प्रतियोगिताको संचालन क्लबका सचिव प्रकाश ताम्राकारले गर्नुभएको थियो ।
