भालुको आक्रमणबाट २ जना घाईते

भवानी ढुंगाना, बयालपाटाः
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा जंगली जनावर भालुको आक्रमणबाट २ जना घाईते भएका छन । भालुको आक्रमणबाट स्थानीय टेक बहादुर बुढा कि १३ बर्शिया छोरी दिपा बुढा र सोही ठाउँ निबासी ३५ बर्शिय मनपुरा देबि रोकाया घाइते हुनुभयको हो ।
Janahitkari notice EYE
घाइतेका अनुसार शनिबार बिहान ८ बजे गहुँ बारिमा घाँस काटिरहेको बेलामा एक्कासी भालु आएर आक्रमण गरेको थियो । घाइते मध्ये दिपा बुढा को बयलपाटा अस्पतालमा उपचार भैरहेको छ । अर्का घाइते रोकायाको घाउको अवस्था जटिल रहेकोले थप उपचार को लागि अन्यन्त्र रेफर गरियको उपचारमा संलग्न चिकित्सक डा. निरन्जन रिजालले जानकारी दिनुभयो ।
भालुको आक्रमणबाट घाईते दुबैजनालाई दिउसो २ बजे उपचारका लागि बयालपाटा अस्पताल पुर्याईएको थियो ।
Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.