माननअधिकारमा उत्कृष्ठ काम गरेको भन्दै सुदूरपश्चिमबाट ढुंगाना पुरस्कृत

Purnima Mobile
Kirci Gyan Kendra

मानव अधिकारका अनुगमन तथा प्रलेखमा उत्कृष्ठ काम गरेको भन्दै अछाम मंगलसेन निवासी शिवराज ढुंगानालाई सुदूरपश्चिमबाट पुरस्कारसहित सम्मानित गरिएको छ । प्रजातन्त्र दिवको अवसरमा धनगढीमा आयोजित मानवअधिकार वर्षपुस्तक सार्वजनिकीकरणका क्रममा ढुंगानालाई सम्मान गरिएको हो ।

Samajik New Add 2082

इमान्दर, कर्तव्यनिष्ट भएर अछामको मानव अधिकारका क्षेत्रमा काम गरेको भन्दै अछाम मंगलसेन निवासी ढुंगानालाई सम्मानित गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले ढुंगानालाई सम्मानपत्र, दोसल्ला र नगद रकमसहित सम्मानित गरिएको हो । पुस्तक सार्वजनिकीकरण तथा सम्मान कार्यक्रममा आन्तरिक मामिला मन्त्री जोशीले विकट क्षेत्रमा रहेर मानवअधिकारका क्षेत्रमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

Mellekh RM1
Saud Agro Kailash

मन्त्री जोशीले राज्यले मानवअधिकारको प्रत्याभूति गर्नुपर्ने भन्दै प्रदेश सरकार त्यसमा क्रियाशील रहेको भनाइ राख्नुभयो ।
सुदूरपश्चिमबाट सम्मानित भएपछि ढुंगानाले समाजमा मानवअधिकारका क्षेत्रमा अझै सक्रिय भएर काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । सम्मानले जिम्मेवारी बढाएको भन्दै ढुंगानाले अगामी दिनमा थप सक्रिय भएर मानवअधिकारका क्षेत्रमा काम गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ढुंगाना इन्सेक नेपालको अछाम प्रतिनिधिमा रहेर मानवअधिकार क्षेत्रमा गर्दै आउनुभएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमक सरकारका न्याधिकवक्ता कुलानन्द उपाध्यायले राजनीतिक अधिकार मात्र नभएर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हनन्का घटना अगाडि आउनुपर्नेमा जोज दिनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशी, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण शर्मा, प्रहरी प्रमुख विश्व अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा इन्सेक नेपाल सुदूरपश्चिम संयोजक खडकराज जोशीले सुदूरपश्चिमको सन् २०२१ को मानवअधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.