मानव अधिकारको अनुगमन तथा प्रलेखमा शिवराज ढुंगाना उत्कृष्ट

मानव अधिकारको अनुगमन तथा प्रलेखमा उत्कृष्ठ काम गरेको भन्दै अछाम मंगलसेन निवासी शिवराज ढुंगानालाई सुदूरपश्चिमबाट पुरस्कार सहित सम्मानित हुनुभएको छ । प्रजातन्त्र दिवको अवसरमा धनगढीमा आयोजित मानवअधिकार वर्षपुस्तक सार्वजनिकीकरणका क्रममा ढुंगानालाई सम्मान गरिएको हो ।
इमान्दर, कर्तव्यनिष्ट भएर अछामको मानव अधिकारका क्षेत्रमा काम गरेको भन्दै अछाम मंगलसेन निवासी ढुंगानालाई सम्मानित गरिएको जनाईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ढुंगानालाई सम्मानपत्र, दोसल्ला र नगद रकम सहित सम्मानित गर्नुभएको थियो ।

पुस्तक सार्वजनिकीकरण तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले विकट क्षेत्रमा रहेर मानवअधिकारका क्षेत्रमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । राज्यले मानवअधिकारको प्रत्याभूति गराउनुपर्ने भन्दै प्रदेश सरकार त्यसमा क्रियाशील रहेको उहाँको भनाई छ ।

सुदूरपश्चिमबाट सम्मानित भएपछि ढुंगानाले समाजमा मानवअधिकारका क्षेत्रमा अझै सक्रिय भएर काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । सम्मानले जिम्मेवारी बढाएको भन्दै अगामी दिनमा थप सक्रिय भएर मानवअधिकारका क्षेत्रमा काम गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ढुंगाना इन्सेक नेपालको अछाम प्रतिनिधिमा रहेर मानवअधिकार क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका न्याधिकवक्ता कुलानन्द उपाध्यायले राजनीतिक अधिकार मात्र नभएर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हनन्का घटना अगाडि आउनुपर्नेमा जोज दिनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशी, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण शर्मा, प्रहरी प्रमुख विश्व अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा इन्सेक नेपाल सुदूरपश्चिम संयोजक खडकराज जोशीले सुदूरपश्चिमको सन् २०२१ को मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.