अछामका पूर्णबहादुर खड्का र केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट
अछामका २ सहित चार जना पत्रकार पुरस्कृत हुदै


युवा तथा खेलकुद मन्त्रालयले चार जनालाई ‘युवा पत्रकारिता पुरस्कार २०७८’ प्रदान गर्ने भएको छ । पुरस्कृत हुनेहरुमा अछामका पूर्णबहादुर खड्का र केशव भूल रहेका छन भने अन्य २ जनामा तनहुँका बसन्ती बास्तोला र डोटीका सीताराम ओझा रहेका छन ।

युवा पत्रकार खड्का अछामबाट संचालित सुदूरआज अनलाईन पत्रिकाको सम्पादकका रुपमा कार्यरत छन् भने अछाम जिल्लाबाटै पत्रकारीता सुरु गरेका भुल नेपाल प्रेसको बरिष्ठ सम्बाद्दताका रुपमा कार्यरत छन् ।


पत्रकार महाँसंघ अछामको सचिव समेत रहेका खडकाले अछामबाट पत्रकारिता गरिरहेका छन भने लामो समय अछाममै पत्रकारिता गरेका भुल हाल काठमाण्डौबाट पत्रकारिता गरिरहेका छन ।
पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएबापत चारै जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कार कार्यविधि अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले पुरस्कृतको नाम छनोट गरेको हो ।
चारै जनलाई एक कार्यक्रमका बीच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । २०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउँदै आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ ।
