स्वर्गीय संस्थापक शिक्षक रावलको शालिक स्थापना र पुस्तकालय भवनको उदघाटन

Purnima Mobile
Samajik Bal biwaha

मगला नेरा मावि ओलिगाउँका संस्थापक स्वर्गीय शिक्षक शेर बहादुर रावलको शालिक स्थापना र पुस्तकालय भवनको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । विद्यालयमा रावलको शालिक र पुस्तकालय भवनको निर्माण कार्य सम्पन्न भएपछि उदघाटन गरिएको हो । शेर बहादुर स्मृति प्रतिष्ठान मंगलसेन नगरपालिका ९ का अध्यक्ष झपट बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले रावलको शालिक अनावरण सहित माल्यार्पण गरेर उदघाटन गर्नु भएको थियो ।

Mangala Bharna

Mellekh RM1

प्रमुख अतिथि कुवरले समाजका लागि योगदान दिने ब्यक्तिको चर्चा र सम्मान जहिले पनि हुने गरेको बताउनु भयो । स्वर्गीय रावलले समाजमा अभिभावक र शिक्षक दुवैको भुमिका निस्वार्थ रुपमा खेलेको भुमिकाले समाजले सम्मान दिएको कुवरले बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हरेकको प्रशंसा र सम्मान उसका कृतिले हुने गरेको बताउनु भयो । असल कृति गर्ने ब्यक्ति जहिले पनि सफल बन्दै गएकाले समाज सकारात्मक दिशामा डोर्‍याउन सबैले योगदान दिनुपर्ने बताउनु भयो । असल ब्यक्तिको शालिक निर्माण भएकाले आगामि दिनमा विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो ।

अर्का बिशिस्ट अतिथि जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलले असल कार्य गर्ने ब्यक्तिको मुल्यांकन ओलिगाउमा भएको बताउनु भयो । आगामि दिनमा समाजका लागि योगदान दिएका हरेक ब्यक्तिको सम्मान युवा पुस्ताले गर्नुपर्नेमा जोड दिनु भयो ।

Saud Agro Kailash

त्यसैगरी बिशिस्ट अतिथि मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले पहिचान बनाएको ब्यक्तिको शालिक स्थापना भएकाले आगामी दिनमा शालिकको सरक्षण, सम्बर्द्धनमा ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, नेपाली काग्रेस अछामका पुर्व उपसभापति चन्द्र प्रसाद ढुगांना, नेकपा एकीकृत समाजवादिका जिल्ला कमिटी सदस्य पुरन बहादुर रावल, मंगलसेन नगरपालिका १२ का अध्यक्ष प्रेम बहादुर रावल, मंगलसेन नगरपालिका वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष नर बहादुर रावल, पुर्व जिविस सदस्य पदम बहादुर रावल, मंगला नेरा माविका ब्यबस्थापन समिति अध्यक्ष भैरब बहादुर बोहरा, मंगला नेरा माविका पुर्व विद्यालय ब्याबस्थापन समिति अध्यक्ष रमेश बहादुर रावल, मंगला नेरा माविका सल्लाहकार संयोजक बहादुर सिह बिष्ट, पत्रकार नरेन्द्र रावल, महिलाको तर्फबाट मनसरा रावल, मंगलसेन नगर स्तरिय युवा संजालका अध्यक्ष जगत भण्डारीले सस्थापक स्वर्गीय शिक्षक रावलको खुलेर प्रशंसा गरेका थिए ।

स्वर्गीय शेर बहादुर रावलको शालिक स्थापना र पुस्तकालय भवनको निर्माणका लागि २८ लाख ७८ हजार २८ रुपैयाँ खर्च र मंगला नेरा माविबाट अनुदान ३ लाख, मंगलसेन नगरपालिका ९ बाट २ लाख, स्वर्गीय रावलका छोरा भरत रावलबाट १ लाख ५५ हजार ५ सय ५५, तिलक रावलबाट १ लाख ५५ हजार ५ सय ५५, वडा नम्बर ८ बाट ५० हजार र चन्दादाताबाट १४ लाख ४५ हजार १ सय ५० गरि जम्मा आम्दानी १९ लाख ९५ हजार १ सय ५० को आर्थिक र रावलको सामाजिक प्रतिवेदन प्रतिष्ठानका कोषाध्यक्ष निर्मला रावलले प्रस्तुत गर्नु भएको थियो ।

२०२२ सालमा रात्रीकालिन ओलिगाउमा पठपाठन सुरुवात गराएका रावलको ३४ बर्षको अल्पायुमै अध्यापन गराईरहेको अबस्थामा २०३४ सालमा निधन भएको थियो ।
कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव हिक्मत बहादुर रावलले गर्नु भएको हो

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.