साँफेबगर ३ शिद्देश्वरमा रुखबाट लडेर एक बृद्ध घाईते

Everest Incitute

भवानी ढुंगाना, बयालपाटाः

जिल्लाको साफेबगरमा रुखबाट लडेर एक बृद्ध सख्त घाईते हुनुभएको छ । वडा नम्वर ३ शिद्देश्वर निबासी ६२ वर्षिय लोगे भुल घाइते हुनुभएको हो ।

आईतबार दिउँसो २ बजे घर नजिकै को १०/१५ मिटर अग्लो भिमलको रुखमा बाख्रालाई घाँस काट्ने क्रम लडेर घाईते भएपछी बयालपाटा अस्पतालमा लगिएको थियो ।

भुलको बायाँ हात र दाया खुट्टामा गम्भीर चोट लागेकोले थप उपचारका लागि सोमबार अन्यत्र रेफर गरिएको उपचारमा संलग्न चिकित्सक डा. रुपेश केसीले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.