ब्ल्याक एन्जल युथ क्लबको आयोजनामा साफेबगरमा रक्तदान कार्यक्रम

भवानी ढुंगाना, बयालपाटाः
ब्ल्याक एन्जल युथ क्लबको आयोजनामा साफेबगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्त दान जीवन दान’ भन्ने मुल नारा सहित क्लबका अध्यक्ष दशरथ कुवरको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम गरिएको हो ।
क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ११ पिन्ट रगत संकलन गरिएको छ । रक्तदाताहरुमा दशरथ कुवर, बिरेन्द्र कुवर, गोपाल कुवर, कमल लुहार, प्रदिप कुवर, बिमल कुवर, अशोक कुवर, बिक्रम कुवर,  संगीत  कुवर, महेश खड्का, धुर्ब बुढा र अशोक स्वार रहनुभएको छ ।
अस्पतालमा सल्यक्रिया मार्फत प्रसुती गर्नु पर्ने बिरामी बढेको र रगत अभाब  भएको थाहा पायपछी कसैले पनि रक्त अभावमा ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रम गरियको क्लबका प्रबक्ता योगेश कुवरले जानकारी दिनुभयो ।
कार्यक्रममा प्राबिधिक सहयोग साफेबगर पोलिक्लिनिक टिम सहित डा. आभा मण्डल तथा बयलपाटा अस्पताल बाट हेल्थ असिस्टेन्ट छत्र साउद , ल्याब असिस्टेन्ट  सुनिल बुढा र ल्याब अधिकृत रोशन ढकाल ले गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा क्लबका उपाध्यक्ष जर्ज कडायत र सचिव गोपाल कुवर लगायतको उपस्थिति रहेको थियो । क्लबले पछिल्लो समय विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।
Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.