सेवा निवृत्त उपसचिव बिष्टको होरी देउडा सङ्ग्रह प्रकाशित

नेपाल सरकार सेवा निवृत्त उपसचिव झंकर बहादुर बिष्टको अछामको होरी बिशेष होरी देउडा सङ्ग्रह प्रकाशन भएको छ । होरी पर्व नजिकै आउना लाग्दा देउडा लयमा सुदुरपश्चिम तथा बिशेषत अछाम जिल्ला खेलिने होरीलाई मध्येनजर गर्दै होरी देउडा सङ्ग्रह प्रकाशित भई सार्वजनिक भएको हो ।

Samajik New Add 2082

अछामका प्रत्येक गाउमा खेलिने होरीका लागि आवश्यक पर्ने देउडा लेखिएको पुस्तक सुदुरपश्चिमान्चल साहित्य समाज धनगढी मार्फत प्रकाशित पुस्तक अछाम स्थित भुवन स्टेशनरी स्टोर मंगलसेनमा उपलब्ध रहेको प्रोपराईटर ईश्वर बहादुर रावलले बताउनु भयो ।

मंगलसेन नगरपालिका वडा नम्बर ३ बिसाकोट घर भएका बिष्ट लामो समय देखि सुदुरपश्चिमको सस्कृति जोगाउनका लागि यस क्षेत्रमा कलम चलाउदै आउनु भएको छ ।

राष्ट्रिय शिक्षा पदक २०६५ र प्रबल जनसेवा श्री चतुर्थ श्रेणी २०७० पुरस्कार पदक तथा विभुषण प्राप्त बिष्टलाई २७ बर्षे लामो शैक्षिक अनुभव रहेको छ ।

Leave A Reply

Your email address will not be published.