राष्ट्रियताका लागि गठबन्धन तोड्न तयार बनौँ: नेता कुवर

Purnima Mobile
Kirci Gyan Kendra

तपेन्द्र कुवर: नेकपा (एकीकृत समाजवादी) केन्द्रिय कमिटी सदस्य शेरबहादुर कुँवरले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरीनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । नेकपा (एकीकृत समाजवादी) को साँफेबगर नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा बोल्दै केन्द्रिय कमिटी सदस्य कुँवरले राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न पार्टी तयार हुनु पर्ने बताउनुभयो ।

Samajik New Add 2082

तर एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौँ,’ राष्ट्रियसभा सदस्यसमेत रहेका कुँवरले भन्नुभयो । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौओताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने नभए संसदबाट पारित हुन नसक्ने बताउनुभयो ।

Mellekh RM1

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएपनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरि अगाडि बढाउन नसकिने केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ ।

Saud Agro Kailash

केन्द्रिय सदस्य कुँवरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध र लोकतन्त्रको रक्षाको लागि एमालेबाट विद्रोह गरेर समाजवादी पार्टीको निर्माण भएको बताउनुभयो । करिब दुई तिहाई नजिकको कम्युनिष्ट पार्टीको सरकार केपी ओलीका कारण समाप्त भएको दावि गर्नुभयो ।

यस्तै बैशाख ३० गते हुन गैरहेको निर्वाचनमा जितको लागि सम्पुर्ण नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नको लागि निर्देशन समेत दिनुभयो । आगामी निर्बाचनमा एकीकृत समाजवादी एक्लै चुनाव लड्न समेत तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सल्लाहकार परिषदका सदस्य अमृता खड्का, नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेस कमिटी सदस्य शिवबहादुर कुँवर शिलोज, जितबहादुर निशानी, जिल्ला कमिटी उपाध्यक्ष बिर्मला बुड्थापा, उपसचिव एवम् नगर संगठन कमिटी ईन्चार्ज हिक्मत कुँवर, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर, संलगायत जिल्ला कमिटी सचिवालय सदस्य, जनवर्गीय संगठनका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो।

साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष मुकेश सुनारको अध्यक्षतामा भएको बिस्तारित बैठकको सन्चालन नगर कमिटी सचिव प्रथ्वी कुँवरले गर्नुभएको थियो।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.