युईएसँग नेपालले पहिले फिल्डिङ गर्दै

Purnima Mobile
Samajik Bal biwaha

आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत सेमिफाइनको खेलमा नेपालले युएईविरूद्ध पहिले बलिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

Mangala Bharna

टिममा कुशल मल्लको स्थानमा विवेककुमार यादवले स्थान बनाएका छन् । युएईविरूद्धको सेमिफाइनल जित्न सके नेपाल टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।

Mellekh RM1

हारले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ। यसपटकको टी-२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ।

Saud Agro Kailash

यो अवसर नेपाललाई ८ वर्षपछि आएको हो । नेपालले पछिल्लो पटक सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।

त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। पछिल्लो १० वर्षमा पाँचौ पटक विश्वकप छनोट खेलिरहेको नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाउन समानस्तरको प्रतिद्वन्द्वी युएईलाई हराउन सहज भने छैन।

युएईले समूह चरणमा टेस्ट टिम आयरल्यान्डलाई १८ रनले पराजित गरेको थियो। यस्तै विश्वकप छनोटअघि ओमानमै भएको चार देश सम्मिलित टी-२० सिरिजमा युएईले नेपालमाथि २५ रनको जित निकालेको थियो। नेपाली बलरमाथि हाबी भएको युएईले १९२ रन जोडेको थियो।

युएईविरूद्धको खेलपछि भने नेपाली बलर आफ्नो प्रदर्शनमा सुधार ल्याएका छन्। कप्तान सन्दीप लामिछानले प्रत्येक खेलमा विकेट लिइरहेका छन्। तीव्र गतिका बलरहरू कमलसिंह ऐरी, अभिनास बोहरा र जितेन्द्र मुखिया पनि फर्ममा छन्।

ब्याटिङमा ओपनर कुशल भुर्तेलले समूह चरणमा फिलिपिन्सविरूद्ध शतक हिर्काएका थिए। दीपेन्द्रसिंह ऐरी ब्याटिङसहित बलिङमा पनि जमेका छन्। समूह चरणका तीनै खेलमा जित हात पारेकाले नेपालको मनोबल उच्च छ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.