कमलबजारमा ‘बालबालिकाहरुसंग जनप्रतिनिधी’ अन्तरक्रिया कार्यक्रम
सुुबाश अधिकारी, कमलबजार :
‘बालबालिकाहरुसंग जनप्रतिनिधी’ अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । नगर स्तरिय बाल अधिकार समिती कमलबजारको आयोजना तथा आस्था नेपाल र वर्ल्ड भिजन ईन्टरनेशल नेपालको सहयोगमा कार्यक्रम भएको हो ।
नगर स्तरिय बाल अधिकार समिती संयोजक तथा नगर उप प्रमुुख भुुमिसरण ढकाल बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुुख ओम प्रकाश बिष्ट प्रमुुख अतिथी रहनु भएको थियो । प्रमुुख अतिथि नगर प्रमुुख बिष्टले आफुु नगर प्रमुुखमा निर्वाचित भएर आईसकेपछि यहाँका बालबालिकाको क्षेत्रमा थुुप्रै सन्तोषजनक काम गरेको बताउनुुभयो ।
बालबालिकाको भविष्य नबिग्रीयोस् भनेर नगरका सम्पुुर्ण विद्मालयमा नगर शिक्षक भर्ना गरिएको बताउदै आगामी दिनमा आवश्यक ठाँउमा शिक्षक भर्ना गरि शिक्षा क्षेत्रको गुुणस्तर सुुधार गरिने धारणा राख्नुुभयो । बालबालिका बढि जोखिममा पर्ने भन्दै उहाँले बिशेष गरि दैविक प्रकोप बाट उनिहरु लाई बचाउन नगरपालिकाले सक्दो प्रयास गरेको र आगामी दिनमा पनि बालबालिकाका लागी निरन्तर लागी पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष बजगाईले बालबालिकाका क्षेत्रमा काम गरिरहँदा केहि वाधा, अड्चन आए पनि तिनलाई सहजै समाधान गर्दै अगाडी बढेको उल्लेख गर्नुभयो । आर्थीक अभावका कारण शिक्षा बाट वन्चीत बालबालिकाका लागी नगरले सहयोग गरीरहेको र भविष्यमा पनि निरन्तर सहयोग गरिने बताउनुभयो । आफ्नो हक हितका निम्ती बालबालिका स्वंयम सक्रिय हुुनुुपर्नेमा पनि बजगाईले जोड दिनुु भयो ।
नगरमा रहेका बालबालिकाको सम्रग अवस्थाको बारेमा नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृत खड्ग बहादुुर बिष्टले जानकारी गराउनुु भएको थियो । यस्तै नगरका बालबालिकाको तथ्यांकको बारेमा महिला तथा बालबालिका शाखा प्रमुुख डम्मर ढुंगानाले जानकारी गराउनुु भएको हो ।
नगरका बिभिन्न वडाबाट सहभागि भएका बालबालिकाहरुले प्रत्यक्ष जनप्रतिनिधी तथा नगरका बिभिन्न शाखासंग सम्बन्धीत जिज्ञासा राखेका थिए । सम्बन्धीत ब्यक्तीहरुले जिज्ञासाको जवाफ दिदै आ–आफ्नो ठाँउबाट बालबालिकाको क्षेत्रमा लागीरहने प्रतिबद्धता समेत जनाएका छन् । बिशेष गरि बालविबाह न्युुनिकरणका लागी बालबालिकाले पनि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तेज बहादुुर बिष्ट, ३ का अध्यक्ष जगत बहादुुर बिष्ट, ६ अध्यक्ष राम बहादुुर शाह, ७ का अध्यक्ष गोविन्द बहादुुर भण्डारी, ९ का अध्यक्ष दुुर्गा प्रसाद बजगाई, १० का अध्यक्ष भिम बहादुुर बिष्ट, ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, शिक्षा शाखाका ऋषिकेश ढकाल, स्वास्थ्य शाखाका पार्वती बिसी चलाउने, खानेपानि तथा सरसफाई शाखा फोकल पर्सन पबित्रा भण्डारी, आस्था नेपालका बाल संरक्षण अधिकृत नर बहादुुर कडायत, बाल संरक्षण फोकल पर्सन लभजंग कुवँर, हेम बहादुुर चन्द लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ अछामका सदस्य सुुबाश अधिकारीले गर्नुु भएको थियो ।