नन्दा माविका २०७७ मा विद्यालय प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीलाई पुरस्कृत
नन्दा माध्यामिक विद्यालय बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका बाहुनगाउको ६७ औँ स्थापना दिवसको अवसरमा विद्यालयमा स्थापना भएको अक्षय कोषबाट उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको छ । शैक्षिक सत्र २०७७ मा कक्षा ७, ८ र ९ कक्षामा विद्यालय प्रथम, द्धितिय र तृतिय बिद्यार्थीलाई नगद तथा शैक्षिक सामाग्री पुरुस्कार स्वरुप दीईएको छ ।
विद्यालय ब्याबस्थापन समिति अध्यक्ष झपटराज ढुगांनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा स्थापना भएको झपट, नन्दकला, र गङगा अक्षय कोषबाट प्रथम, द्धितिय र तृतिय विद्यार्थीलाई प्रति विद्यार्थी ३ हजार ५ सयका दरले नगद र नर बहादुर अक्षय कोष र बिद्यालयको आन्तरिक कोषबाट शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सुरत रावलले बताउनु भयो ।
जसमा कक्षा ७ बाट निशा रावल, कक्षा ८ बाट रोशन टमट्टा र कक्षा ९ मा हिरेण्ड साउद २०७७ मा उत्कृष्ट विद्यार्थी भएपछि नगर ३५ सयका दरले पुरुस्कार दिईएको बताएको छ ।
बान्निगढि जयगढ गाउपालिका वडा नम्बर ५ कालिकाका वडा अध्यक्ष लाल कामि प्रमुख अतिथि रहनु भएको कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष केशर रावल, विद्यालयका प्रधानाध्यापक सुरत बहादुर रावल,अभिभावक सुरत रावल, अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाबो सहभागीता रहेको थियो ।
