रचनात्मक कार्यमा अग्रसर “तपाईं हाम्रो अभियान, आवाज बिहीनको आवाज अभियान”

तपाईं हाम्रो अभियान आवाज बिहीनको आवाज अभियान बिभिन्न सामाजिक र रचनात्मक कार्यमा अग्रसर बन्दै गएको छ । साँफेबगर नगरपालिका ३ का युवाहरुले संचालन गरेको यो अभियानले सामाजिक र सकारात्मक कार्यमा अग्रसरता देखाएको हो ।

अभियान मार्फत यसअघि साँफेबगर नगरपालिकाको १४ वटै वडाका विभिन्न विद्यालयहरुमा सर्जिकल मास्क वितरण गरिएको अभियानका मुख्य अभियन्ता रबिन्द्र कुवरले जानकारी दिनुभयो । यसबाट कोरोना कहरमा बिद्यार्थिहरुमा सकारात्मक सन्देश प्रवाह भएको बताईएको छ ।

Janahitkari notice EYE

अभियानले साँफेबगर हाटबजारमा सरसफाई कार्यक्रम देखी डोटी अछामको सिमाना चौखुट्टेमा बजार सरसफाई सम्पन्न गरिसकेको र जिल्लाका अन्य स्थानमा पनि विभिन्न रचनात्मक क्रियाकलाप संचालन गर्ने कुवरले बताउनुभयो ।

यस्तै फागुन १४ गते शनिबारको दिन बैद्यनाथ धाम परिसर सरसफाई कार्यक्रम राखिएको छ ।

यसअघि नगरपालिका र सम्वन्धित वडा कार्यालयसंगको सहकार्यमा रचनात्मक क्रियाकलापहरु संचालन गरिरहेको अभियानले कार्यक्रम व्यवस्थापन कार्य स्वःस्फुर्त रुपमा गर्ने गरेका छन ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.