अज्ञात रोगले २ दिनमा ४ सय बढी कुखुरा मरे

Samajik Bal biwaha

नरेन्द्र रावल:
मंगलसेन नगरपालिका वडा नम्बर ५ भाटबाडाकाे लक्ष्मी लाेकल तथा ब्वाईलर फार्मका दुई दिनमै ४ सय बढी लाेकल कुखुरा मरेका छन ।

Mangalsen Mun Anurodh

फार्ममा रहेका लाेकल कुखुराहरुमा घाँटी तान्ने र फ्याट्ट मरिहाल्ने लक्षण देखिएको र डेढ किलो बराबरका ४ सय बढी कुखुरा मरेपछि ४ लाख बराबरको क्षती भएकाे कुखुरा पालक फर्म संचालक नवराज भाटले बताउनु भयाे ।

गाउमा केही गर्छु भनेर कुखुरा पालनमा लागेका बेला यसरी एक्कासी मर्न थालेपछि स्थानीय सरकारलाई राहत सहयोग गरिदिन भाटले आग्रह गर्नु भयो ।

कुखुरा कुन कारणले मरे हाल सम्म थाहा नभएको र पाेष्टमाटम र ल्याब परिक्षण गरेपछि मात्र राेग पत्ता लाग्ने मंगलसेन नगरपालिका पशु शाखा पशु शाखा प्रमुख नेत्र कठायतले बताउनु भयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.