एनआईसि लघुवित्त संस्था अछामद्धारा घरदैलो अभियान सुरु

एन आई सि एसिया लघुवित्त वित्तीय संस्था अछामले बित्तिय साक्षरताका लागि घरदैलो अभियानको थालनि गरेको छ । संस्थाले कार्यक्षेत्र बनाएर काम गरिरहेकाे क्षेत्र मंगलसेन नगरपालिका वडा नम्बर ३ र ५ मा लगानि र बचतका लागि गठन समुहका सदस्यलाई जानकारी गराउदै सामुहिक खाता समेत खोलिएको छ ।

Samajik New Add 2082

संस्थासँग आबद्ध भएका १ सय भन्दा बढी एकल तथा सामुहिक खाता खोलीएका मंगलसेन शाखाका कर्मचारी झुलेन्द्र रावलले जानकारी दिनु भयो ।

घरदैलो अभियानमा एन आई सि एसिया लघुवित्त वित्तीय संस्था सुदुरपश्चिम प्रदेश प्रमुख नवराज सिंह, एन आई सि एसिया लघुवित्त वित्तीय संस्था अछाम शाखा प्रमुख जयराज ढुगांना, झुलेन्द्र रावल, मदन भण्डारीको सहभागी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.