मंगलसेन ६ का ९० जना जेष्ठ नागरिक सम्मानीत

विक्रम परियार :

Everest Incitute

मंगलसेन नगरपालिका वडा नम्बर ६ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्वाभिमान बचाउ जेष्ठताको सम्मान गरौँ भन्ने मूल नाराका साथ वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा वडाका ९० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई कम्बल १ थान, साबुन १ पिस, कोलगेट १ पिस र ब्रस १ पिस हस्तान्तरण गरिएको थियो । वडाले सम्मान गरेपछि जेष्ठ नागरिक निकै खुसी भएका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले जेष्ठ नागरिक समाजका जिउदो ईतिहास भएकाले सम्मान गर्न पाउँदा खुसि भएको बताउँनु भयो । उहाँले जेष्ठ नागरिकहरु ज्ञान,सिप र संस्कारका खानि भएकाले नयाँ पुस्ताले पनि त्यस्ता सकारात्मक कार्यको सिको गर्नु पर्ने समेत बताउनु भयो ।

कार्यक्रममा अतिथि वडा सदस्य नरपति भण्डारी, राजुदेबि भण्डारी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारी, नेपालि काग्रेसका वडा सभापति गंगाराम भण्डारी लगाएतका अतिथि रहनु भएको थियोे । वडा सदस्य देवेन्द्र प्रसाद भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिब धिरेन्द्र भण्डारीले गर्नु भएको थियो ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.