अछाममा मोटरसाइकल दुर्घटनामा २ जना घाइते

अछाममा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नः ८ मटेना भने स्थानमा दुर्घटना हुँदा २ जना घाईते भएका अछाम प्रहरीले जनाएको छ ।

Everest Incitute

साँफेबगर नगरपालिका वडा नः ४ का १६ बर्षिया सुदर्शन भुलले चलाएको से ४ प ५९३० नम्बरको मोटरसाईकल दुर्घटनामा परेको अछामका प्रहरी प्रमुख रविराज थपलीयाले जानकारी दिनुभयो ।

यस्तै घाईते हुनेमा सोहि मोटरसाईकल पछाडी सवार रहेका १८ बर्षिया राकेश भुल रहेका छन । घाईते दुबै जनाको टाउकोमा चोट लागेकाले अवस्था गम्भिर रहेको र घाईते दुबैको न्यायहेल्थ नेपाल अन्तरगतको बयालपाटा अस्पतालमा उपचार भैरहेको अछाम प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाईकल बयालपाटा प्रहरीले नियन्त्रणमा लिएको पनि जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ओरालोमा तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको अछामका प्रहरीले जनाएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.