कमलबजारले महिला दिवसमा वक्तित्वकला प्रतियोगिता गर्ने

सुवास अधिकारी:
कमलबजार नगरपालिकाले “महिलाहरुको अर्थपुुर्ण सहभागिता” बिषयक वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।कमलबजार नगरपालिकाको आयोजना र बिभिन्न गैर सरकारी संघ–संस्थाको सहयोगमा कार्यक्रम हुुन लागेको हो ।

यहि फाल्गुुण २४ अर्थात मार्च ८ तारिखका दिन ११२ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अबसरमा सो वक्तित्वकला प्रतियोगिता हुुने भएको नगरपालिकाले जनाएको छ । “महिलाहरुको अर्थपुुर्ण सहभागिता” बिषयक वक्तित्वकला प्रतियोगितामा वडा स्तरिय महिला समूूह समिती र सहकारी संस्थाका पदाधिकारीहरुबिच प्रतिस्प्रधा गराईने कमलबजार नगरपालिकाको कार्यालयले जनाएको हो ।
नगरपालिकाको कार्यालयद्धारा जारी गरेको सुुचना अनुुसार फाल्गुुण २४ गते बाजागाजा, हुुड्केउली सहित र्याली कार्यक्रम गरि बजार परिक्रमा गरिने पनि उल्लेख छ । कमलबजार नगरपालिका स्थित जनप्रतिनिधी, शिक्षक, कर्मचारी, बिभिन्न बिकास साझेदार संघ–संस्थाहरु लगायत अन्य सम्पूर्णको उपस्थितीको लागी पनि आग्रह गरिएको छ ।
कार्यक्रम नगरपालिकाको प्रांगणमा बिहान १० बजे हुुने बताईएको छ । “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो बिकासको शुुनिश्चितता ” भन्ने मुुल राष्ट्रिय नारा सहित यो कार्यक्रम गर्न लागिएको हो ।
