जनस्वास्थ्य केन्द्रीत बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखीकरण शिशु सुधार माबि वस्तिमा सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

खानेपानी सरसफाइ तथा स्वच्छता (वास) क्रियाकलापहरु जनस्वास्थ्य केन्द्रीत बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम शिशु सुधार माध्यमिक विद्यालय मङ्गलसेन नगरपालिका १३ बस्तीमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजना र वडा नम्वर १३ का सबै विद्यालयको सहभागितामा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

अभिमुखिकरणमा कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव र बिद्यालयहरुलाई के कसरी निसंक्रमण गर्न सकिन्छ भन्नेबारे छलफल गरिनुका साथै स्वास्थ्य सरसफाई र सरसफाई सूचकहरुबारे जानकारी गराईएको थियो । यस्तै क्लोरिन झोल बनाउने र त्यसको प्रयोग बिधिबारे पनि जानकारी गराईएको छ ।

Mellekh RM1
Saud Agro Kailash

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र थापाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा मंगलसेन नगरपालिकाका सामाजिक बिकास शाखा संयोजक तथा मंगलसेन ४ का अध्यक्ष पदम धामी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि धामिले स्वास्थ्य र सरसफाईबारे अभिमुखिकरण कार्यक्रमबाट सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सहभागीलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्र राम्रो भए मात्रै समुन्नत समाज निर्माण हुने बताउँदै उहाले सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

वडा नम्बर १३ बस्तिका अध्यक्ष प्रेम थापा बिशिस्ट अतिथि रहनु भएको कार्यक्रमको सहजिकरण गर्दै शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बिद्यालयलाई निसंक्रमणकाे लागि ब्लिचिङ पाउडरबाट क्लाेरिन झाेल बनाउने विधिबारे प्रयोगात्मक कक्षा लिई सहभागीहरुबाट सीप परिक्षण समेत गराउनु भएको थियो । सो अवसरमा उहाँले विद्यालयहरुमा आगामी दिनमा शैक्षीक गुणस्तर अभिबृद्धिका लागि सघन रुपमा कार्यक्रम संचालन गरिने बताउदै शिक्षक, विद्यार्थि र अभिभावक तथा सरोकारवाला जिम्मेवार भई अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

अभिमुखिकरणमा शिशु सुधार माविका प्रअ अर्जुन बहादुर थापा, विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र कार्यालय सहयोगीहरुको सहभागीता रहेक थियो । कार्यक्रमको संचालन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

कोभिड १९ र अन्य सरुवा रोगहरुको रोकथामका लागि ज्ञानसीप अभिबृद्धि गर्ने उद्येश्यले आयोजित सो कार्यक्रममा सहभागी सबै विद्यालयहरुलाई प्रति विद्यालय बाल्टी २/२ थान, जर्किन १/१ थान, पोछा १/१ थान, मास्क ४०० पिस, ग्लोभ्स ५० जोडा, ब्लिचिङ्ग पाउडर २/२ के जी वितरण गरिएको छ । यस्तै टाबेल १/१ थान, साबुन १/१ दर्जन, स्यानिटाइजर, एप्रोन, फ्लास ब्यानरहरु र मग समेत हस्तान्तरण गरिएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.