काग्रेस अछामको अधिवेशन उदघाटन र बन्दसत्र बिना नै मनोनयन सुरु

केन्द्रिय सदस्य शाहको प्रस्तावकमा सभापती पदका लागि स्वाँरको मनोनयन दर्ता

Purnima Mobile
Kirci Gyan Kendra

नेपाली काग्रेस अछामको ७ औं जिल्ला अधिवेशन उदघाटन र बन्दसत्र बिना नै मनोनयन सुरु भएको छ । यसअघि पहिलो दिन २० गते पार्टीको सातौँ जिल्ला अधिबेशनको उद्घाटन शत्र संचालन हुने र २१ गते बिहान ८ बजे मतदान सुरु हुने भनियता पनि कार्यक्रम नभई मनोनयन सुरु भईसकेको छ ।

Samajik New Add 2082

आज बिहान ८ बजेबाट मनोनयन सुरु भई दिउँसो १ बजेसम्मका लागि निर्वाचन कमिटीले उम्मेदवारलाई मनोनयन गर्ने समय सिमा तोकेको निर्वाचन समितिले जनाएको छ । पार्टीको केन्द, प्रदेश सबै क्षेत्र निर्वाचन भएर नेतृत्व चयन भईसकेकाले जतिसक्दो चाडैं जिल्लाको पदाधिकारी टुंगोमा पुर्‍याउनका लागि कुनै कार्यक्रम नगरी मनोनयन प्रक्रियालाई अगाडि बढाईएको नेपाली काग्रेस अछामका सचिव नम बहादुर शाहिले बताउनु भयो ।

Mellekh RM1

झण्डै १५ समय भन्दा माथि प्रतिनिधि आउने र पहिलो र दोस्रो गरि निर्वाचन प्रकिया समेत लम्बिने भएकाले आजबाटै मनोनयन प्रक्रिया सुरु गरि भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने समेत शाहीले जानकारी दिनु भयो । क्षेत्र नम्बर १ प्रतिनिधिका लागि जिसस हल तथा क्षेत्र नम्बर २ का प्रतिनिधिका लागि जिसस कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।

Saud Agro Kailash

काग्रेस अछामको सभापतिका लागि निवर्तमान पार्टी सभापति भरत कुमार स्वार, पुर्व पार्टी सभापति पुष्प बहादुर शाह र नेपाल विद्यार्थी सँघका पुर्व अध्यक्ष राजन कुवर उम्मेदवार रहेका छन ।

यसैबीच नेपाली कांग्रेस अछामका वर्तमान सभापती भरत कुमार स्वाँर पुन सभापती पदका लागि मनोनयन दर्ता गरेका छन् ।

आज बाट सुरु भएको कांग्रेस अछामको ७ औँ जिल्ला अधिबेशनमा उनले सभापतीमा मनोनयन दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द बहादुर शाहको प्रस्तावक र पूर्व महासमिती सदस्य मान बहादुर रावलको सर्मथकमा स्वाँरले उम्मेद्धारी दर्ता गरेका छन् ।

कांग्रेस अछामको सभापतीका लागि पूर्व सभापती पुष्प बहादुर शाह र युवा नेता महासमिती सदस्य राजन कुवँरले पनि मनोनयन गर्ने बताईएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.