अनेरास्ववियुको जिल्ला सम्मेलनको उदघाटन सम्पन्न, बन्दसत्र जारी

अनेरास्ववियु अछामको १८ औं जिल्ला सम्मेलनको उदघाटन समारोह साफेबगरमा सम्पन्न भएको छ । जिल्ला संयाेजक एंव अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य निरक शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय कमिटी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि लामिछानेले अनेरास्ववियु विद्यार्थी संगठनमा बाघ भएकाले सबै विद्यार्थी एकताबद्ध भएर अघि बढन आग्रह गर्नु भय‍ो । विद्यार्थी संगठन चलायनमान भएमा पार्टी सशक्त हुँदै जाने भएकाले त्यहि अनुसार भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

Mangala School 2081 subhakamana

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले शैक्षिक क्षेत्रका बिकृति विसगति लगाएत हरेक परिवर्तनमा अनेरास्ववियुले नेतृत्व लिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष मोती विक, उमेश आचार्य, नेकपा एमाले अछामका सचिव भिम बहादुर रावल, नेकपा एमाले अछाम जिल्ला उप-सचिव एवं अनेरास्ववियु स्थायी कमिटी सदस्य डम्बर बिसी, अनेरास्ववियु लेखा आयाेग अध्यक्ष विरेन्द्र रावल, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल रावल लगाएतका नेताले सम्बोधन गर्नु भएको थियोे ।

उदघाटन पछि अहिले बन्दसत्र जारी रहेको छ । बन्दसत्रबाट अनेरास्ववियु अछामको नयाँ नेतृत्व चयन हुनेछ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.