अछामका सबै पालिका मध्ये कार्यसम्पादनमा मंगलसेन प्रथम

Kirci Gyan Kendra

कार्यसम्पादन मूल्यांकनका आधारमा अछामको मंगलसेन नगरपालिका जिल्लामै उत्कृष्ट तथा सुदुरपश्चिम प्रदेशमा पाचौं भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकनबाट तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार जिल्लाको सदरमुकाममा रहेकाे मंगलसेन नगरपालिका जिल्लामै पहिलो बन्न सफल भएको हो ।

Samajik New Add 2082

सय अंकभारमा मंगलसेन नगरपालिकाले ७३.९९ अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो र सुदूरपश्चिम प्रदेशको ५ औँ तथा देशकै ११ औँ स्थानमा पर्न सफल भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो ।

Saud Agro Kailash

मंगलसेन नगरपालिकालाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैलाई नगरपालिका कार्यालयले धन्यबाद समेत दिएको छ । १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। समयमै बजेट पेश गरे नगरेको, असार मसान्त भित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे नगरेको विषयमा मूल्यांकन गरेको थियो।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

यहि मूल्यांकनका आधारमा आयोगले आगामी आर्थिक वर्षका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.