काग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी

नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन । दोस्रो चरणमा भएको मतदानमा ७ सय ७९ मत प्राप्त गर्दै पुष्प शाह बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन ।

Everest Incitute

शाहले प्रतिस्पर्धी स्वारलाई ६८ मत अन्तरले पराजित गर्दै शाह बिजयी हुनु भएको हो । कुल खसेको १४ सय ९७ मत मध्ये ७ मत बदर भएका छन ।

शनिबार पहिलो चरणमा सभापतिका लागी भरत कुमार स्वाँर, राजन कुँवर र पुष्प बहादुर शाह बिच प्रतिस्पर्धा भएको थियो । ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा शाह र स्वाँर बिच सभापतिका लागी प्रतिस्पर्धा भएको थियो ।

सोमबार आज बिहान ८ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.