मंगलसेन बेलखेत सड्कखण्डमा पर्ने बाटका थलालाई पानसरा चोक नामाकरण

पुर्ण बहादुर खडका:
जिल्लाको मंगलसेन बेलखेत सडक खण्डमा पर्ने बाटका थलालाई पानसरा चोक नामाकरण गरिएको छ । १ सय १२ औँ अतराष्टिय नारी दिवसको अवसर पारेर ठाँटिखान नजिक पर्ने सो ठाउँलाई पानसरा चोक नामाकरण गरिएको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाको बिच भागमा पर्ने ठाँटिखान नजिकको उक्त ठाँउमा २०५७ साल मंसिर २९ गतेका दिन कमलबजार नगरपालिका वडा नं. ६ तत्कालिन बिरपथ गाविस वडा नं. १ ओडारखेतमा बस्ने हर्क खड्का थ्यायतकी धर्मपत्नी पानसरा थ्यायत खड्काको सड्क खन्ने क्रममा रुखले च्यापेर मृत्यु भएको थियो ।

अन्तराष्टिय महिला दिवसको अवसर पारेर पानसराको मृत्युको सम्झनामा सो ठाँउको नाम पानसरा चोक नामाकरण गरिएको नेतृत्वकर्ता योगयात्री बिष्णु बहादुर खड्काले बताए ।

मंगलबार सोही ठाँउमा पान्सरा चोक शालिक निर्माणका नेतृत्वकता एवंम संरक्षक बिष्णु बहादुर खड्को अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सो निर्णय गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका नवनिर्वाचित सचिव टक्कर बहादुर शाह प्रमुख अथिति रहेका थिए। उनले योगयात्री शान्ति दुत खडकाले राम्रो कामको सुरुवात गरेकोमा खुसि ब्यक्त गर्दै आफ्नो तर्फ बाट सहयोग गर्ने बताए।

कार्यक्रमका बिशिस्ट अथिति कमलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष राम बहादुर शाहले एकदैम राम्रो कामको सुरुवात भएको भन्दै स्वर्गिय पानसरा थ्यायतलाई स्मरण गर्न चोक र शालि निर्माण गर्न वडा र पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कात्यायनी माबीका प्रधानाध्यापक लाल बहादुर शाह, जाल्पा माविका बल बहादुर थ्यायत, समाजसेबी रण बहादुर थ्यायत, पदम बहादुर थ्यायत, लाल बहादुर बिष्ट, मदन प्रसाद जैशी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.