बालविवाह र छाउपडी कुप्रथाले शिक्षामा पारेको प्रभाव न्युनिकरणका लागि सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

Kirci Gyan Kendra

बालविवाह र छाउपडी कुप्रथाले शिक्षामा पारेको प्रभाव न्युनिकरण गर्न शिक्षाको भुमिका बिषयक सरोकारवालासँग अन्तरक्रिया मंगलसेनमा सम्पन्न भएको छ । ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान (NCE) नेपाल जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको कार्यक्रमका सहभागी सरोकारवाला तथा छात्राले बालविवाह न्युनिकरणका लागी आ आफ्नो तर्फबाट सबैले भुमिका खुल्नुपर्नेमा जोड दिएका थिए ।

Samajik New Add 2082

छाउपडी कुप्रथा अन्त्यका लागि स्थानिय सरकार, प्रहरी प्रशासन तथा हरेक क्षेत्रमा थुप्रै प्रयास भएतापनी न्युनिकरण अझै हुन नसकेकाले यसतर्फ सबैको बिशेष ध्यान जानुपर्ने बताएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान (NCE) नेपाल जिल्ला समन्वय समिती अछामका सदस्य मालिका बिकास संघका कार्यसमिती सदस्य एकिन्द्र विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले परम्परागत हानिकारक बिसंगती र विकृतीले समस्या हुदै आएकाले यसको न्युनिकरण हुनुपर्ने बताउनु भयो ।

Saud Agro Kailash

मंगलसेन नगरपालिकाले महीनावारी हुने किशोरीका समस्या, बालविवाह न्युनिकरणका लागि विद्यालय नर्सिगँ, सेनेटरी प्याड उपलब्ध गराउने कार्य प्रत्येक विद्यालयमा भएको बताउनु भयो । मंगलसेन नगरपालिका शिक्ष युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले नगरको निति तथा कार्यक्रममा जोडदिदै बालक्लब, किशोरकिशोरी र युवालाई जोडदै सचेतनाका कार्यक्रमलाई अघि बढाउने जानकारी दिनु भयो ।

कार्यक्रममा अछाम बहुमुखी क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, जिल्ला अस्पतालका डाक्टर अतुल भारद्धाज, जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा महानन्द जोशी, अन्तरपार्टी महिला संजाल अछामका अध्यक्ष विन्दु रावलले सहभागी छात्राले राखेका जिज्ञासा सहीत मन्तव्य राख्दै समाज परिवतर्नको जिम्मा सबैको भएकाले एकमत भएर अघि बढनुपर्ने बताएका थिए । बालविवाह, छाउपडी कुप्रथाले बढी जसो छात्राले समस्या भोग्नुपरेकाले हरेक शैक्षिक संस्थाले छात्रा मैत्रि वातावरण विद्यालय तथा क्याम्पसले सृजना गर्नुपर्नेमा जोड दिएका थिए ।

मालिका बिकास संघका गोपीसिंह नेपालीले कार्यक्रमको उद्देश्य सहीत स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिरण शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिती सदस्य पत्रकार नरेश कुमार शाही र कमल रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.