छोराछोरी बिच हुने असमानता हटे मात्र समुन्नत समाज निर्माण हुन्छ: सासंद बोगटी

११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मंगलसेनमा मनाईयो

Purnima Mobile
Samajik Bal biwaha

अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बोगटीले छोराछोरी बिच हुने असमानता हटन सके मात्र समुन्नत समाज निर्माण हुने बताउनु भएको छ । घर, परिवार समाजमा अझै पनि छोराछोरी बिच विभेद कायमै रहेकाले यसलाई हटाउन सबै घरपरिवारले सोच्नुपर्ने बेला आएको बताउनु भयो । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलसेनमा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सासंद बोगटीले आर्थिक अबस्था सहित ब्याबस्थापनमा हिला सम्पन्न नभए महिला माथिको हिसा अन्त्य हुन नसक्ने बताउनु भयो । विगतका यौद्धा नारीको बिद्रोह योगदानका कारण अहिलेको अबस्था देशमा बनेको बताउनु भयो ।

Mangala Bharna

कार्यक्रमका बिशिस्ट अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले हरेक परिवर्तनसँगै समाजले कोल्टो फेर्दै गएकाले महिलाका अधिकार क्रमिक रुपमा सुनिश्चित हुदै गएका बताउनु भयो । कानुनका पानामा जति लेखेपनि अधिकार पूरा गर्न हरेक लडनु पर्ने अबस्था आएको बताउनु भयो ।

Mellekh RM1
Saud Agro Kailash

अर्का बिशिस्ट अतिथि जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलले नारीलाई देवीको रुपमा सम्मान हरेकले गर्नुपर्नेमा जोड दिनु भयो । सविधानमा लेखेर मात्र नारीको अधिकार पूरा नहुने भएकाले हरेक छोरी शिक्षित बन्दै जानुपर्ने बताउनु भयो ।

मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, नेकपा माओवादी केन्द्रका मोति कामी, नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव नयन सोडारी, अन्तरपार्टि महिला संजालका बिन्दु रावल लगाएतले प्रतिबद्धता सहित मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा मंगलसेन नगरपालिका वडा नम्बर ३, ४ र ५ नम्बर वडाका महिला दिदिबहिनीले देउडा प्रस्तुति र साधना कलाकेन्द्रका कलाकारले आ आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । महिला हिसां अन्त्य गरौं, महिला अधिकार सुनिश्चित गरौं लगाएतका नारा सहित मंगलसेन बजार परिक्रमा गरेर वडा नम्बर ४ र ५ को प्रागणमा पुगेर सभामा परिणत भएको थियो ।


मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.