नारी दिवसको अवसरमा ३८ जना महिलालाई साफेबगर नगरपालिकाद्धारा सम्मान

Kirci Gyan Kendra

११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साँफेबगर नगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरी योगदान गरेका महिलाहरुलाई सम्मान गरिएको हो ।

Samajik New Add 2082

नगरले १४ वडाका कृषि, व्यवसाय, राजनिति, स्वास्थ, शिक्षा, पत्रकारीता, सामाजिक अभियान्ता गरि ३८ जनालाई सम्मान गरेको छ । नगर उपप्रमुख बिर्मला देबी बुडथापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुँवर रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले महिला दिदि बहिनीहरुको हौसला बढाउनका लागी सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । महिलाहरुको हक अधिकार स्थापितका लागी आफुहरु सधै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रममा नगर उपप्रमुख बुड्थापाले यस्ता दिवसको अवसरमा भाषण र नारा रयालि भन्दा पनि सम्मान गर्ने कार्यक्रमले महिलाहरुलाई हौसला मिल्ने बताउनु भएको छ । उहाँले अझै पनि महिलाहरुले धेरै हिसा भोग्नु परेको भन्दै महिला माथी हुने सबैखाले हिंसाको अन्तय गरी सभ्य समाज निमार्णमा पुरुषहरुको सहयोग महत्वपुर्ण रहने बताउनु भयो ।

गत वर्षमा पनि नारी दिवसको अवसरमा बिपन्न महिलाहरुलाई खाद्यन्न बितरण गरेको भन्दै उहाँले महिलाहरुलाई राहत हुने खालका कार्यक्रम मात्र सञ्चालन गर्ने बताउनु भयो । सम्मानित हुने सबै महिलाहरुले नगरले गरेको सम्मानले आफ्नो पेशा प्रति थप उर्जा हौसला मिलेको भन्दै नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी शाह, नेकपा माओवादीका रंग ठकुल्ला, नेकपा एमालेका नगर कमीटी अध्यक्ष ललित बोगटी, ईलाका प्रहरी प्रमुख सुरेन्द्र जोशी लगायतका अतिथि रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले गर्नु भएको थियो भने स्वागत मन्तव्य सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख देवसरा कुमारी थापाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.