६ महिनाको प्रगति समिक्षा सहित मेल्लेख गाउँपालिकाको ९ औं गाउसभा सम्पन्न

Kirci Gyan Kendra

मेल्लेख गाउपालिकाकाे ९ औं गाउसभा तथा ६ महिनाको अवधिमा गाउपालिकाले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा भएको गाउसभाले गाँउसभाले यतायात व्यवस्थापन कार्यबिधि २०७८,व्यावसाय दर्ता तथा अभिलेखिकरण कार्यबिधि २०७८, सुचना प्रबिधि केन्द्रव्यवस्थापन कार्यबिधि २०७८, गाउ प्रहरी संचालन कार्यबिधि २०७८, मेल्लेख पुर्बाधार व्यावस्थापन प्रणाली कार्यबिधि २०७८, औधेगिक ग्राम संचालन कार्यबिधि २०७८ आधारभुत अस्पताल संचालन कार्यबिधि २०७८ गरि जम्मा ८ वटा कार्यविधि पारित गरेको छ ।

Samajik New Add 2082

त्यसैगरि सभामा ६ महिनाकाे अवधिमा भएकाे कामकाे सार्वजनिक पश्चात् सभा सदस्यले सुझाव तथा जिज्ञासा राखेका थिए । उठेका जिज्ञासाको जवाफ दिदै अध्यक्ष बोहराले उपालिकामा गरेकाे बिकासकाे जनताले नै मुल्यक गर्ने बताएका छन ।

Saud Agro Kailash

शिक्षा, स्वास्थ्य, सडक, कृषी, पशुपालन लक्षित वर्गका कार्यक्रम जहिले पनि प्राथमिकतामा राखेर कार्यक्रम गरेको जानकारी दिए ।

गाउपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले आर्थिक बर्ष २०७८/०७९ को अर्धबार्षिक आयव्याय विबरण सहित २०७४ देखि २०७८ सम्म संघ प्रदेश तथा आन्तरिक श्राेतबाट गाउपालिकामा बिनियाेजित बजेट ९२ कराेड २४ लाख ८० हजार ८ सय ७९ बराबरको बिनियाेजित बजेट सार्वजनिक गर्नुभएको थियाे भने गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले ६ महिनाकाे अबधिमा अर्ध बार्षिक रुपमा प्रशासनिक क्षेत्रबाट भएका कामको बारेमा जानकारी गराउनु भएको थियो ।

गाउसभामा वडा अध्यक्षकाे तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष नर बहादुर साउद, न्यायिक समिति सदस्य वीर बहादुर बाेहरा, टंक बुढा, कार्यपालिका सदस्य कमलदेबि ताम्राकार तथा गाउँसभाका सदस्यहरुले सुझाव सहित समस्या पनि राखेका थिए । सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदकाे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले गर्नु भएकाे थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.