मंगलसेन नगरपालिकाका स्वास्थ्य संस्थाको अर्ध बार्षिक समीक्षा गोष्ठी सुरु

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष ०७८/०७९ को स्वास्थ्य संस्था स्तरिय अर्ध वार्षिक समीक्षा गोष्ठी मंगलसेन नगरपालिकामा सुरु भएको छ । नगरपालिका सामाजिक बिकास समितिका संयोजक पदम बहादुर धामिको अध्यक्षतामा
भएको समिक्षाको उदघाटन नगरप्रमुख पदम बहादुर बोहराले गर्नु भएको थियो ।

Mangala Bharna
Saud Agro Kailash

सुआहारा अछामका जिल्ला संयोजक लोक बहादुर नेपालीको समेत उपस्थिति रहेको समिक्षाको पहिलो दिन वडा नम्बर १ ,२,४,५,६,७ र ९ का स्वास्थ्य संस्थाहरुले आ आफ्नो संस्थाको ६ महिनाको प्रगती प्रस्तुत गरेका छन ।

Mellekh RM1

बाकी वडाका स्वास्थ्य संस्था र नगरपालिका स्वास्थ्य शाखाको प्रस्तुती भोलि गरिने नगरपालिका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले जानकारी दिनु भयो ।

कार्यक्रमको उदेश्य र सहभागिलाई स्वागत संयोजक सोडारीले गरेका थिए भने संचालन सिअहेव चन्द्र प्रसाद ढुंगानाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.