मिर्मिरे लघुवित्तद्धारा विद्यालयमा आर्थिक तथा शैक्षिक सामग्री सहयोग

Kirci Gyan Kendra

कटक शाह: मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. १ सिउडी बयालेमा रहेको दक्षिण कालिका आधारभूत विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरेको छ।

Samajik New Add 2082

संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला, कापी, कलम लगायत स्टेसनरी सामग्री सहयोग गरेको हो। सोही अवसरमा संस्थाले विद्यालयलाई नगद रु. ५० हजार पनि सहयोग गरेको छ।

Saud Agro Kailash

त्यसैगरी संस्थाले सोमबार नै चौरपाटी गाउँपालिका वडा नं. २ सोकटस्थित गौरीशंकर आधारभूत बिद्यालयमा कक्षा १ देखि ३ सम्मका ८६ जना बिद्यार्र्थीहरुलाई पनि झोला, कापी, कलम लगायत सामग्री र बिद्यालयलाई नगद रु. १ लाख सहयोग गरेको छ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विकट स्थानमा रहेका विद्यालयमा अध्यनरत बालबालिकालाई उत्प्रेरणा तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ संस्थाका सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा तथा स्थानीय अगुवा समाजसेवी जयबहादुर साउदले उक्त सहयोग सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक र बिधालय ब्यबस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवीका साथै संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख स्वयम्भू श्रेष्ठ, अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादुर खत्री र चौरपाटी शाखाका शाखा प्रबन्धक कटकबहादुर शाहलगायत कर्मचारीको उपस्थिति थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.