एमाले मंगलसेन नगर कमिटीले वडा तहका कार्यक्रमलाई तिव्रता दिदै

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा एमाले मंगलसेन नगरकमिटि वडा नम्बर ४ र ९ वलिगाउको भेला सम्पन्न भएको छ । वडा नम्बर ४ मा जिल्ला अध्यक्ष चन्द्र बोहरा र वडा नम्बर ९ वलिगाउमा जिल्ला सचिव भिम बहादुर रावलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

वडा नम्बर ४ मा जिल्ला कमिटी सदस्य लिलाराज केसी, पदम धामी, पुष्प कठायत, गोपाल बोगटी, नयन विक, सिद्ध प्रसाद ढुगांना, नगरकमिटि अध्यक्ष बृख बहादुर बोगटी लगाएतमा अतिथि रहनु भएको थियो । वडा नम्बर ९ मा वडा कमिटी अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सचिव भिम बहादुर रावलले स्थानिय तहको निर्वाचन नजिकै आउन लागेकाले कार्यकर्तालाई तयारीमा जुटन आग्रह गर्नु भयो ।

Mellekh RM1

कार्यक्रममा जिल्ला कमिटी सदस्य हर्क विरहि विक, नगरकमिटी उपाध्यक्ष तकेन्द्र रावल, सचिव डम्बर रावल, सदस्य सर्प बोहरा, चक्र रावल, पुष्प रावल (जखन), हेमराज रावल, शिक्षक संगठनका धर्म बहादुर रावल, सल्लाहकार बल बहादुर रावल, जनक कुवर   लगाएतका अतिथि रहनु भएको थियो । बैठकको संचालन वडा कमिटी सचिव श्याम सुन्दर रावलले गर्नु भएको थियोे । यस्तै नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ५ कुकुडीपाटा र मानबस्ता टोलमा टोल कमिटी र पार्टीमा नपप्रवेशिलाई स्वागत गरिएको छ ।

एमाले जिल्ला अध्यक्ष चन्द्र बोहराले नवप्रवेशि १३ जनालाई स्वागत तथा पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य सिद्ध प्रसाद ढुंगाना, झंकर प्रसाद भाट, नगर कमिटिका सदस्य लालसरी सुनार, दिपक केसी लगाएत वडा कमिटीका पदाधिकारी सदस्यको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.