विद्यालयबाट बिदाई हुँदै गर्दा शिक्षक रावलले गरे २ रोपनी बढी जग्गा दान

कालिका माध्यामिक विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु वल्डाडाका सेवा निवृत शिक्षक कर्ण रावलको बिदाइ गरिएको छ । विद्यालयको लेखापल सँगै शिक्षक पेशा सम्हालेका रावलले ३६ बर्ष ६ महिना सेवा गरेपछि सेवा निवृत भएपछि विद्यालयले औंपचारिक कार्यक्रमका साथ बिदाई गरेको छ ।

Everest Incitute

प्रधानाध्यापक कर्ण बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा सेवा निवृत्त भएका शिक्षक रावलले विद्यालयका लागि २ रोपनी ८ आना जग्गा निशुल्क दान गरेका छन । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष मिलन कुमार रावल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष डबल सिंह भण्डारी र १० का अध्यक्ष नेत्र बहादुर रावल बिशिस्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य कौशिला ढुगांना, वडा सदस्य गणेश रावल, पुर्ण रावल, ललिता वड, सेते दमाई लगाएतका अतिथि रहनु भएको थियो ।

अभिभावक, कार्य क्षेत्र भित्रका विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक प्रेम बहादुर रावलले गर्नु भएको थियोे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.