एमालेसँग चुनावी मैदानमा उत्रिने तागत अरु पाटी सँग छैन : नेता बाेगटी

Kirci Gyan Kendra

निराजन भण्डारी :
नेकपा एमाले मँगलसेन नगरपालिका वडा नम्बर ६ काे वडा भेला सम्पन्न भएकाे छ । वडा कमिटीका अध्यक्ष राम प्रसाद भण्डारीकाे अध्यक्षता भएकाे कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बहादुर बाेगटी प्रमुख अतिथि रहनु भएकाे थियो । प्रमुख बाेगटीले नेकपा एमाले सँग एक्लै चुनावि मैदानमा उत्रिने तागत कुनै पनि पाटी सँग नभएपछि गठबन्धनकाे अभियानमा लागेका बताउनु भयो ।

Samajik New Add 2082

एमाले पहिलो शक्ति भएकाले अबको निर्वाचनमा समेत पहिलो हुने बताउनु भयो । अछाम क्षेत्र नम्बर २ का सासंद समेत रहनु बोगटीले
स्थानीय तहकाे निर्वाचनमा पाटीलाई बलियाे पाटीकाे रूपमा स्थापित गराउन कर्याकर्तालाई अहिले देखिनै चुनावी प्रचारप्रसारमा लाग्नुपर्नेमा जाेड दिनु भयो ।

Saud Agro Kailash

यस्तै भेलाकाे विशिष्ट अतिथीमा सुदूरपश्चिम कमिटी सदस्य तथा मँगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बाेहराले नेकपा एमालेकाे सरकार रहदा देशमा आमुल परिवर्तन भएकाे बताउनु भयाे । जनताका समस्या समाधानका लागि आफू प्रतबद्ध भएर लागिपरेकाे बताउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद भण्डारी , पुर्ब जिल्ला कमिटी सदस्य प्रभुनाथ भण्डारी, नगर कमिटी सदस्य भावना केसी, हस्ता भण्डारी, अनेरास्ववियु जिल्ला सदस्य बालकृण भण्डारी प्रेष चाैतारी अछामका जिल्ला सदस्य निराजन भण्डारी, नेपाल निजामती कर्मचारी सँगठनका जिल्ला सदस्य मिना भण्डारी, शिक्षक सँगठन मँगलसेन नगर कमिटी सदस्य कुलानन्द भण्डारी लगाएतका अतिथि रहनु भएको थियो ।

वडा सदस्य नरपति भण्डारीकाे स्वागत मन्तव्य बाट सुरु भएकाे भेलाकाे सञ्चालन नगर कमिटी सदस्य बेदराज भण्डारी र वडा कमिटी सचिव देवेन्द्र प्रसाद भण्डारीले गर्नु भएकाे थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.