नेपाल राष्ट्रिय शिक्षक संगठन अछामकाे अध्यक्षमा रिमाल निर्वाचित

Purnima Mobile
Kirci Gyan Kendra

टेकराज भण्डारी: नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामकाे अध्यक्षमा सर्पराज जैसी रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ । संगठनकाे १२ औं जिल्ला अधिवेशनले रिमालकाे अध्यक्षतामा निर्विरोध रुपमा २७ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेकाे हाे ।

Samajik New Add 2082

सहमतिकै आधारमा यसअघि सचिव रहनु भएका सदरमुकाम मंगलसेनमा रहेकाे षाेडशादेवि माविका अंग्रेजी विषयका माध्यामिक तहमा कार्यरत शिक्षक रिमाल अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ढुंगानाले बताउनु भयाे ।

Mellekh RM1
Saud Agro Kailash

यसैगरी संगठनकाे आगामी ३ बर्षे कार्यकालका लागि उपाध्यक्षमा युवराज शर्मा र गीता ढुंगाना तथा सचिवमा कृष्ण बहादुर विक निर्वाचित हुनुभएको छ ।

संगठनकाे काेषाध्यक्षमा तपेन्द्र बहादुर शाही , सहसचिवमा शारदा कुमारी सिजापति तथा सहकाेषाध्यक्षमा सुमित्रा कुमारी खड्का कुँवर निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा भुगाेलबाट अर्जुन बहादुर थापा, तपेन्द्र स्वार, चक्र बहादुर कुँवर,जयन्द्र बहादुर कुँवर, चक्र बहादुर शाही, दिर्घबहादुर भण्डारी, टंक प्रसाद जाेशी, उपेन्द्र बहादुर शाह, सुरत बहादुर रावल, महेन्द्र बहादुर बयक, डबलसिंह विक, भिम बहादुर बाेहरा निर्वाचित भएका छन् ।
यसैगरी महिला तथा समावेशीमा अर्चना कुमारी ढकाल, चन्द्रकला विष्ट, जयसरा कुमारी साउँद, मदन कुमारी बाेहरा र संगीता कुमारी विक निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष रिमालले आफ्नाे कार्यकालमा संगठनलाई थप संगठित, सुव्यवस्थित, मर्यादित बनाउने बताउनु भयाे । शिक्षकलाई पेशाप्रति जिम्मेवार बनाई शैक्षिक गुणस्तरका लागि सधैं रचनात्मक कार्य गर्ने उहाँको भनाइ छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.