गोजन्स अक्षयकोषबाट षोडशा देवि माविका ४ जना विद्यार्थीलाई सम्मान

Purnima Mobile
Kirci Gyan Kendra

२०७५ सालमा षोडशा देवी माध्यमिक विद्यालय मंगलसेनमा स्थापना भएको गोजन्स स्मृति अक्षयकोषबाट २ शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने ४ जना विद्यार्थीलाई नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ३ मा समाजसेवी स्वर्गीय गोरख सिह बोगटी, जहन्ती देवी बोगटी, सर्जन सिह बोगटी, र नवल सिंह बोगटीको सम्झनामा स्थापना भएको अक्षय कोषबाट शैक्षिक सत्र २०७६ र २०७७ को बार्षिक परिक्षामा सबै भन्दा बढि नतिजा ल्याउने २ जना छात्र र २ जना छात्रालाई सम्मान गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष भोजराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा २०७६ सालमा कक्षा ९ मा सबैभन्दा बढि नतिजा ल्याउने छात्र आकाश नेपाली र छात्रा दिपिका भट्ट त्यसैगरि २०७७ सालमा उत्कृष्ट नतिजा ल्याउने कक्षा ६ मा छात्रा विनिता नेगी र छात्र मनिष जैसीलाई नगद रु २ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Mellekh RM1

सो सम्मान अध्यक्ष भोजराज भाट, विद्यालयका प्राचार्य मदन बहादुर कुवर गोजन्स स्मृति अक्षय कोषका संस्थापक सदस्य एकेन्द्र बोगटी जिल्ला युवा संजाल अछामका अध्यक्ष कमल कुमार रावलले हस्तान्तरण गर्नु भएको थियोे ।

सोही अवसरमा विद्यालयले चलाईरहेको हाम्रो विद्यालय राम्रो विद्यालय अभियान अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक बिशेश्वर ढुगांनाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.