मेयरकप भलिबल प्रतियोगिताको उपाधि सल्यानलाई

हिक्मत नेपाली: कमलबजार नगरपालिकामा सम्पन्न मेयरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि थ्रि स्टार युवा क्लब बलगाड कुपिन्डे नगरपालिका सल्यानले उचालेको छ । गन्यापधुरा गाउपालिका डडेल्धुरालाई पराजित गर्दै सल्यान उपाधि उचाल्न सफल भएको हो । प्रतियोगितामा तृतीय बान्नीगढी जयगढ गाँउपालिका र सान्त्वना आठविस नगरपालिका दैलेख भएको छ ।

Samajik New Add 2082

प्रतियोगितामा प्रथम टिमलाई नगद १ लाख ११ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र, द्धितियलाई ७१ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र,तृतियलाई ३१ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र र सान्तवनालाई ११ हजार १ सय ११ सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिएको कमलबजार नगरस्तरिय खेलकुद संयोजक धिरज बहादुर रावतले बताउनु भयो ।

पुरुस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सांसद यज्ञ बहादुर बोगटी, कमलबजार नगरपालिकाका कार्यवाह नगर प्रमुख भुमिसरण ढकाल बजगाई, वडाका अध्यक्ष, नेकपा एमालेका जिल्ला कमिटि सदस्य दिपक प्रसाद अधिकारी, नेपाली काँग्रेस कमलबजार नगरकार्य समितिका उप सभापति तकमान बिस्ट, नेकपा माओबादी केन्द्रका खडक भण्डारी अतिथि रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.