पार्टीका एजेन्डा लिएर जनतामाझ जानुपर्छ: एमाले केन्द्रीय सदस्य रिजाल

Kirci Gyan Kendra

विक्रम परियार : नेकपा एमालेका पाेलिटब्यूराे सदस्य ईश्वरी रिजालले एमालेले आफना बैचारिक बिचारबाट बिचलन हुन नहुने बताउनु भएको छ ।
पार्टीका नेताहरुलाई जनताकाे बहुदलीय जनबादकाे बारेमा जानकारी दिदै आगामी चुनाबमा नेकपा एमालेलाई पहिलाे पार्टि बनाउन बैचारिक तयारीमा विशेष जाेड दिन सबै कार्यकर्तालाई आग्रह गर्नुभयाे ।

Samajik New Add 2082

एमाले अछामको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै स्कुल बिभाग उपप्रमुख समेत रहनु भएका रिजालले एमाले अग्रगामी पार्टी भएकाले बैचारिक तयारी गर्याे भने मात्रै अबकाे चुनाबमा अपेक्षित नतिजा हासिँल गर्न सकिने बताउदै देशमा नेकपा एमालेले जित्याे भने मात्रै सुखि नेपाली समृद्ध नेपालकाे परिकल्पना पूरा हुने बताउनु भयो ।

अबकाे चुनाबमा घरघरमा समर्थक, टाेल टाेलमा संगठन भन्ने नारालाई आत्मसाथ गरि पार्टीका एजेन्डा कार्यकर्ताका माझ लिएर जानकारी गराउनुपर्ने कुरामा विशेष जाेड दिनु भयाे ।

Saud Agro Kailash

जिल्ला अध्यक्ष चन्द्र बाेहराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रशिक्षण कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम ईन्चार्ज झपट बाेहराले पार्टीले अगाले विधि, विधान र पद्धतिमा अघि बढन हरेक नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । निर्वाचन नजिकै आउन थालेकाले यसको तयारि एकमत भएर अघि बढन आग्रह गर्नु भयो ।

आगामी निर्वाचनलाई तिब्र पार्न जिल्ला भरका अगुवा नेता तथा कार्यकर्ताहरुलाई पार्टीका एजेन्डा जनताकाे माझमा जानकारी गराउन प्रशिक्षण गरिएकाे हाे ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य तथा अछाम सह-ईन्चार्ज यज्ञ बाेगटी, केन्द्रीय अनुगमन आयोग सदस्य गाेबिन्द कुँवर, सुदूरपश्चिम प्रेदस उपाध्यक्ष कमल तिमिल्सेना, संविधान सभा सदस्य भैरे कामी, भरत साउद, एमाले सुप प्रदेश सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा, शिव प्रसाद उपाध्याय, बम बिसी, नन्द बहादुर कडायत लगाएतका नेता तथा जिल्लाका अगुवा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

जिल्ला उपाध्यक्ष बल बहादुर कुँवरकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन जिल्ला सचिव भिम बहाद रावल (कालाेटोपी)ले गर्नु भएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.