एमाले अछामको दोस्रो बैठक सुरु, मुख्य ६ प्रस्ताव माथि छलफल जारी

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

नेकपा एमाले अछामको दोस्रो बैठक सदरमुकाम मंगलसेनमा सुरु भएको छ ।

जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा सुरु भएको बैठकमा गत बैठकका निर्णय कार्यान्वयन तथा रिपोटिंग, प्रशिक्षण कार्यक्रमको समिक्षा, आगामी कार्ययोजना, जनसंगठनहरुका बैठक अधिबेसन, पालिका स्तरीय कार्यक्रम, वडा स्तरीय कार्यक्रम, मत सर्बेक्षण, जिम्मेवारी बाडफाड, जिल्ला कमिटीमा मनोनित, सचिवालय गठन, पालिका इन्चार्ज र सह इन्चार्ज गठन, बिभाग तथा फाटको जिम्मेवारी, आर्थिक, लेबी तथा कोटा, बुज बुजारत सहित बिबिधमा रामारोसन पालिकाको अध्यक्ष चयन, मनमोहन प्रतिष्ठान साँफे र शोक प्रस्ताब तथा समबेदना सम्बधमा बृहत छलफल बैठकमा निर्णय पारीतका लागि जारी रहेको जिल्ला सदस्य पुष्पराज भट्टले जानकारी दिनु भयो ।

पार्टीका केन्द्रीय सदस्य तथा अछाम ईन्चार्ज झपट बोहराको प्रमुख आथित्यमा सुरु भएको बैठकको संचालन जिल्ला सचिव भीम बहादुर रावल (कालोटाेपी) ले गरिरहनु भएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.