एमाले अछामको दोस्रो बैठकद्धारा विभागीय जिम्मेवारी देखि जिल्ला सदस्य मनोनीत सम्मको बाडफाँड

Kirci Gyan Kendra

नेकपा एमाले अछामको दोस्रो बैठकले २८ वटा विभागिय प्रमुख तोक्नुका साथै १४ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ । त्यसैगरि २७ जनाको जिल्ला सचिवालय गठन र १० वटै पालिकामा ईन्चार्ज र सहईन्चार्ज समेत तोकेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा बसेको बैठकले जिल्ला अध्यक्ष चन्द्र बोहरा, उपाध्यक्ष बल बहादुर कुवर, सचिव भीम बहादुर रावल कालोटोपी, उपसचिव प्रेम महर, डम्मर बिसी, प्रकाश शाह, सरिता उपाध्याय, पशुपति कुवर, दिपक अधिकारी, राम बहादुर आउजी, केशर मिया, मान बहादुर गिरि, नन्दसिह चलाउने, रमेश कुवर, नरपति रावल, लिलाराज केसि, सिद्धादेवि शाह, बालगिरी कुवर, सागरसिह बाब्लि, शिव बिसी, मान बहादुर ब‍ोगटी, टोप बहादुर शाही, बखत कडायत, भिम बिष्ट, नवराज साउद, प्रेम खत्री र
शेर बहादुर बुढा गरि जम्मा २७ जिल्ला सचिवालय सदस्य गठन गरिएको पार्टी प्रचारप्रसार विभाग सदस्य पुष्पराज भट्टले बताउनु भयो ।

त्यसैगरी पालिका ईन्चार्जमा मंगलसेन नगरपालिकामा लिलाराज केसी, कमलबजार नगरपालिकामा दिपक अधिकारी, साफेबगर नगरपालिकामा रमेश कुवर, पंचदेवल विनायक नगरपालिकामा भिम बहादुर बिष्टलाई ईन्चार्ज तोकिएको छ । त्यसैगरी चौरपाटी गाउपालिकामा राम बहादुर आउजि, रामारोशन गाउपालिकामा मान बहादुर गिरि, मेल्लेख गाउपालिकामा नरपति रावल, बान्निगढि जयगढ गाउपालिकामा नवराज साउद, ढकारी गाउपालिकामा टोप बहादुर शाही र तुर्माखाद गाउपालिकामा शिव बहादुर बिसीले ईन्चार्जक‍ो जिम्मा पाउनु भएको छ । त्यसैगरि १० पालिकामा ५४ जनाले सहईन्चार्जको जिम्मेवारी पाएका छन ।

बैठकबाट जिल्ला कमिटी सदस्यमा भिम बहादुर बिष्ट, प्रेम कुमार खत्री, शेर बहादुर बुढा, नवराज साउद, भिम राना, बज्जिर नेपाली, गोपाल बुढा, प्रेम बयक, नृप विक, पवन धामी, रुप बहादुर कुवर, देब बहादुर साउद तथा महिला तर्फ माया देवि बुढा र चन्द्रा बुढा मनोनीत हुनु भएको छ ।
पार्टीका अछाम ईन्चार्ज झपट बोहरा, सहईन्चार्ज यज्ञ बोगटी, प्रदेश उपाध्यक्ष कमल तिमिल्सैनाको बिशेष उपस्थितिमा भएको बैठकको संचालन जिल्ला सचिव भीम बहादुर रावल कालोटोपीले गर्नु भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.