एमाले अछाममा स्कुल विभाग प्रमुखको जिम्मेवारी नेता बिसीलाई

Kirci Gyan Kendra

नेकपा एमाले अछामका उपसचिव युवा नेता डम्बर बिसीले पार्टीको स्कुल बिभागको जिम्मेवारी पाउनु भएको छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा सुदुर पश्चिम प्रदेश सह इन्चार्ज समेत रहेका नेता बिसीले स्कुल बिभागको जिम्मेवारी प्राप्त गरेपछि पार्टीले अगालेको नीति तथा बिचारलाई स्थापित गर्दै अभियानका साथ अघि बढने बताउनु भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला ब्यापी रुपमा प्रशिक्षण संचालन गरी पार्टीका पदाधिकारी तहका बैचारिक नेतालाई प्रमुख प्रशिक्षकको रूपमा जिल्लामा बोलाउने योजना आगामी दिनमा रहेको नेता बिसीले बताउनु भयो । २०६२ सालमा विद्यार्थी राजनीतिबाट राजिनिती सुरु गरेका नेता बिसी एमाले अछामको ८ औ जिल्ला अधिबेशनबाट लोकप्रिय मतका साथ पार्टी उपसचिवमा निर्वाचित हुनु भएको थियो ।

त्यस अघि नेता बिसी बसुन्धरा माबी भैरबस्थानको २०६२ सालमा प्रा.क. अध्यक्ष, २०६३ सालमा अनेरास्ववियु ईलाका नम्बर १३ अध्यक्ष, २०६४ देखि २०६६ सम्म अनेरास्ववियु क्याम्पस कमिटी बिरेन्द्रनगर बहुमुखी क्याम्पस अध्यक्ष , उपाध्यक्ष, कोषाध्यक्ष, २०६५ सालमा बिरेन्द्रनगर बहुमुखी क्याम्पस अनेरास्ववियु उपसभापति पदको उम्मेदवार, २०६७ सालमा अनेरास्ववियु जिल्ला कमिटी अछाम सदस्य, २०६८ सालमा अनेरास्ववियु जिल्ला कमिटी अछाम सचिव, २०६९ सालमा नेकपा एमाले ईलाका नम्बर १३ अध्यक्ष, २०७१ सालमा अनेरास्ववियु जिल्ला कमिटी अछाम अध्यक्ष, २०७२ सालमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य, अनेरास्ववियु केन्द्रीय कमिटी, २०७७ अनेरास्ववियु सचिवालय सदस्य हुँदै हाल एमाले अछाम जिल्ला कमिटी उपसचिव तथा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा सुदुर पश्चिम प्रदेश सह इन्चार्ज रहनु भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.