होलीको दिनमा सडकमै अस्ताय सुदुरपश्चिमका ४ युवा

Purnima Mobile
Kirci Gyan Kendra

सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीमा दुई, अछाम र बझाङमा एक/एक जना गरी चार जनाको मृत्यु भएको जनाएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

मोटरसाइकल दुर्घटना हुँदा अछामका एक जनाको मृत्यु भएको छ। मङ्गलसेनबाट साँफेबगर जाने क्रममा मङ्गलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाश खोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो। बिहीबार राति से ६ प १८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मङ्गला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको थियो ।

Mellekh RM1

शुक्रवार कैलालीको टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १७ वर्षीय मन्जील कार्की र प्रजापति चौधरीको मृत्यु भएको हो । से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मन्जीलको टीकापुरमै मृत्यु भएको हो भने प्रजापतिको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै शुक्रबार नै बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका– ६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो। कुँवर रेडियो सेरोफेरो बझाङमा कार्यरत थिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.