युवा परिषद अछामको अध्यक्षमा सोडारी चयन

अछाम जिल्ला युवा परिषदको अध्यक्ष नयन सोडरी चयन हुनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषदको आज वसेको वैठकले सोडारीलाई अध्यक्षमा चयन गरेको छ ।

Everest Incitute

सोडारी नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव हुन् । यस्तै उपाध्यक्षमा चन्द भण्डारी सोडारी, कोषाध्यक्ष शान्ति शाह, सदस्यमा डम्वर बहादुर रावल, पवित्रा वुढा, शेर बहादुर सुनार, पुजा वुढा, जित बहादुर शाही र कमल बहादुर थापा चयन भएका छन् ।

अध्यक्ष सोडारीले युवा परिषदले युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरूमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउने प्रतिवद्धता जनाउनु भएको छ ।

नेतृत्व विकास गरी र उद्यमशील बनाई युवालाई सक्षम नागरिक बनाउनका लागि काम गर्ने जानकारी दिनुभयो । स्थानीय तहको समन्वयमा युवाको नेतृत्व विकासको लागि काम गर्ने अध्यक्ष सोडारीको भनाई रहेको भनाई रहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.