विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बालबालिका लक्षित दन्त शिवीर सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा नम्बर १ मा रहेको शाहिद सारदा स्मृती प्रतिस्ठानमा रहेका अनाथ बालबालिकाको दाँत तथा मुख परिक्षण गरिएको छ ।

Samajik New Add 2082

नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसिएसन सुदुरपश्चिम प्रदेशको आयोजनामा अनाथ आश्रममा दाँत तथा मुख परिक्षण शिवीर आयोजना गरिएको बालबालिकाका दाँत परिक्षण गरिएको हो ।

Mellekh RM1
Saud Agro Kailash

शिविरमा २० जना बालबालिकाको दाँत परिक्षण गर्दा अधिकांश बालबालिकाको दाँतमा किरा लाग्ने समस्या भेटिएको नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसिएसन सुदुरपश्चिम प्रदेस अध्यक्ष दीपेन्द्र शाहीले बताउनु भयो ।

खाना खाएपछि प्रत्येक पटक राम्ररी मुख सफा नगर्ने कारणले बालबालिकाको दाँतमा किरा लाग्ने समस्या बढदै गएको अध्यक्ष शाहीले बताउनु भयो । शिवीरमा सहभागि हुन आएका बालबालिकाको दाँत परीक्षण गर्नुका साथै उनिहरुलाई निशुल्क ब्रस, माउथ वास र मन्जन प्रदान गरिएको सामाजिक अभियान्ता पारस थापाले बताउनु भयो ।

सोही अवसरमा बालबालिकालाई ब्रस गर्ने प्रयोगात्मक बिधि र मुख सफा गर्ने बिषयमा समेत जानकारी गराइएको थियो । शिविरमा अध्यक्ष दीपेन्द्र शाही र सन्तोष पहाडी लगाएतको सहभागिता थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.