अछाम जेसीजद्धारा राष्ट्रिय उपाध्यक्ष पाण्डेलाई स्वागत

Kirci Gyan Kendra

शाखा भ्रमणकाे क्रममा अछाम पुग्नु भएमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राम प्रसाद पाण्डेलाई स्वागत सहितपरिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । अछाम जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सिद्धराज ढुंगानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष पाण्डे प्रमुख अतिथी रहनु भएकाे थियाे । प्रमुख अतिथि पाण्डेलाई माला, खादा सहितकाे स्वागत तथा सम्मान गरीएकाे थियाे ।

Samajik New Add 2082
Saud Agro Kailash

स्वागत पछि बाेल्दै उपाध्यक्ष पाण्डेले अछाम शाखाले गरेकाे सम्मान प्रति धन्यवाद ब्यक्त गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक समस्या भएता पनि नमुनायाेग्य काम गरेको भन्दै प्रशंसा गर्नु भयो । आगामी दिनमा हरेक क्रियाकलापलाई निरन्तरता दिन समेत आग्रह गर्नु भयो । जेसीजमा आबद्द हुदा युवाकाे ब्याक्तित्व र नेतृत्व बिकास हुने हुदा सम्पुर्ण युवाहरूलाइ जेसीजमा गाेलबद्द हुन आग्रह समेत गर्नु भयो ।
अछाम शाखाकाे तर्फवाट शाखा अध्यक्ष ढुंगानाले मायाकाे चिनाे समेत प्रदान गर्नु भएकाे थियाे ।

अध्यक्ष ढुंगानाले श्राेत साधनकाे अभाव, भाैगाेलीक कठिनाई लगाएतका अनेकाैं समस्याका बावजुत पनि अछाम शाखाले उल्लेखनिय कामहरू गरेकाे बताउदै आफ्नाे कार्यकाल ऐतिहासिक र उत्कृष्ट बनाउने उदेश्य अनुरूप अघाडी बढिरहेकाे बताए । साथै उहाले युवाहरूलाई उधमशिल र ब्यावसायीक बनाउनका लागि आफुले विभिन्न खालका तालिमहरूकाे आयाेजना गर्ने बताउदै जेसीजलाई सहर बजार भन्दा गाउ केन्द्रित बनाउदै लैजाने बताउनु भयो ।

कार्यक्रममा अछाम जेसीज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि लगाएतकाे सहभागीता रहेको थियो । अछाम जेसीज बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष टेकराज भण्डारी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव हरिषचन्द्र रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.