अछाम जेसीजद्धारा राष्ट्रिय उपाध्यक्ष पाण्डेलाई स्वागत

शाखा भ्रमणकाे क्रममा अछाम पुग्नु भएमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राम प्रसाद पाण्डेलाई स्वागत सहितपरिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । अछाम जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सिद्धराज ढुंगानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष पाण्डे प्रमुख अतिथी रहनु भएकाे थियाे । प्रमुख अतिथि पाण्डेलाई माला, खादा सहितकाे स्वागत तथा सम्मान गरीएकाे थियाे ।

स्वागत पछि बाेल्दै उपाध्यक्ष पाण्डेले अछाम शाखाले गरेकाे सम्मान प्रति धन्यवाद ब्यक्त गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक समस्या भएता पनि नमुनायाेग्य काम गरेको भन्दै प्रशंसा गर्नु भयो । आगामी दिनमा हरेक क्रियाकलापलाई निरन्तरता दिन समेत आग्रह गर्नु भयो । जेसीजमा आबद्द हुदा युवाकाे ब्याक्तित्व र नेतृत्व बिकास हुने हुदा सम्पुर्ण युवाहरूलाइ जेसीजमा गाेलबद्द हुन आग्रह समेत गर्नु भयो ।
अछाम शाखाकाे तर्फवाट शाखा अध्यक्ष ढुंगानाले मायाकाे चिनाे समेत प्रदान गर्नु भएकाे थियाे ।

Janahitkari notice EYE

अध्यक्ष ढुंगानाले श्राेत साधनकाे अभाव, भाैगाेलीक कठिनाई लगाएतका अनेकाैं समस्याका बावजुत पनि अछाम शाखाले उल्लेखनिय कामहरू गरेकाे बताउदै आफ्नाे कार्यकाल ऐतिहासिक र उत्कृष्ट बनाउने उदेश्य अनुरूप अघाडी बढिरहेकाे बताए । साथै उहाले युवाहरूलाई उधमशिल र ब्यावसायीक बनाउनका लागि आफुले विभिन्न खालका तालिमहरूकाे आयाेजना गर्ने बताउदै जेसीजलाई सहर बजार भन्दा गाउ केन्द्रित बनाउदै लैजाने बताउनु भयो ।

कार्यक्रममा अछाम जेसीज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि लगाएतकाे सहभागीता रहेको थियो । अछाम जेसीज बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष टेकराज भण्डारी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव हरिषचन्द्र रावलले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.