कागज उत्पादन सम्बन्धि एक महिने तालिमको रामारोशनमा उदघाटन

कागज उत्पादन सम्बन्धि एक महिने तालिमको रामारोशन गाउपालिकामा उदघाटन गरिएको छ । घरेलु उद्योग बिकास समिति अछामका नायब सुब्बा प्रकाश उपाध्यायको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडा नम्बर १ मलातिकोटका अध्यक्ष खडक बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि साउदले तालिम लगनशील भएर सिक्न सहभागीलाई आग्रह गर्नु भयो । तालिम लीएर मात्र नभई ब्याबहारिकतामा लागू पर्ने भएकाले सबैलाई त्यहि अनुरुप अघि बढन आग्रह गर्नु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय अछाम र रामारोशन गाउपालिकाको आयोजनामा भएको तालिम युवा उद्यमशिलता बिकास तालिम तथा औंद्याेगिक जनशक्ति सिर्जना अन्तर्गत तालिम संचालन गरिएको हो ।

तालिम उदघाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तारा बहादुर साउद, रामारोशन गाउपालिकाका एमआईएस अपरेटर दल बहादुर साउद लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.