बिसीको अध्यक्षतामा ४७ सदस्यीय युवा संघ अछामको आयोजक कमिटी गठन

Kirci Gyan Kendra

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल अछामको जिल्ला भेलाले ११ औं जिल्ला अधिबेशनका लागि आयोजक कमिटी चयन गरेको छ । अध्यक्ष हिरण्ड कुवरको अध्यक्षतामा भएको भेलाले हेमन्त बिसीको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला आयोजक कमिटी गठन भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उपाध्यक्ष सुनिल साउद, सचिव जितेन्द्र कुँवर, सहसचिव लाल बहादुर थापा, योगेन्द्र साउद, रतन भाट, दिनेश आउजी, कोषाध्यक्ष अस्मिता कुवर लगाएतका सदस्य रहेका छन ।

एमाले अछामका अध्यक्ष चन्द्र बोहराको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला सचिव भीम बहादुर रावल, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला सचिवालय सदस्य तथा मंगलसेन नगरपालिका ईन्चार्ज लिलाराज केसी, जिल्ला सदस्य तथा युवा फाँट ईन्चार्ज दिपक कुवर, जिल्ला सदस्य तथा कार्यालय सचिव पुष्प कठायत, जिल्ला सदस्य झंकर प्रसाद भाट, युवा संघ केन्द्रीय सदस्य अनिता खडका लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.